चिप अभाव २ वर्षसम्म कायम रहने इन्टेलले दियो चेतावनी

साउन १६, क्यालिफोर्निया( अमेरिका) । अमेरिकी बहुराष्ट्रिय कम्पनी इन्टेलले अझै दुई वर्षसम्म चिप अभाव रहने बताएको छ ।  विश्वको सवैभन्दा ठूलो सेमिकण्डक्टर चिप निर्माता कम्पनी इन्टेलका प्रमुख प्याट ग्लेसिंगरले थप दुई वर्षसम्म चिपको अभाव कायम रहने चेतावनी दिएका छन् । उनले यसको सबैभन्दा ठूलो असर सन् २०२१ को दास्रो अर्धवार्षिकमा देखिनेसमेत दावी गरेका छन् । ‘सेमिकण्डक्टर चिपमा यस्तो खालको अवस्था सृजना हुनुमा कोभिड–१९ को समयमा बढ्दो डिभाइसको उपयोग हो,’ उनले भने, ‘तर त्योभन्दा पनि अमेरिका र चीन बीच कायम व्यापारिक द्वन्दले यस्तो अवस्था सृजना गरेको हो ।’ पछिल्लो समय विश्व बजारमा सेमिकण्डक्टर चिपको अभाव बढ्दै गएको छ । स्मार्टफोन तथा कम्प्यूटरमा प्रयोग हुने चिप्सको अभाव हुँदा बजारमा ती सामग्रीको अभाव मात्र भएको छैन, महंगो पनि उत्तिकै भएको छ ।  विश्वमा पछिल्लो समय विद्यमान सेमिकन्डक्टर अर्थात् चिपको आपूर्ति प्रणालीमा देखिएको समस्याबाट अछुतो रहन नसकेको भन्दै दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस २१ को उत्पादन बन्द गरेको समाचार सार्वजनिक भएको छ  तर यसबारेमा कम्पनीले भने अझै केहि बताएको छैन  । कोभिड–१९ को पहिलो लहरबाट शुरु भएको लकडाउनसँगै बजारमा चिपको माग अध्याधिक बढेको छ । विश्वमा इन्टेल र एएमडीकोे चिप उत्पादनमा प्रमुख हिस्सा रहेको छ ।वर्क फर्म होमतथा डिजिटल डिभाइसको बढ्दो प्रयोगले निम्त्याएको चिपको माग धान्न हाल बजारमा उपलब्ध कम्पनीहरूलाई हम्मे हम्मे परिहेको छ ।  त्यसो त इन्टेल प्रमुखले नयाँ कम्पनी स्थापना गरी चिप उत्पादन गर्न थप दुई वर्ष लाग्ने भएकाले अहिलेको अवस्थामा तत्कालै बजारको माग धान्न नसक्नेसमेत बताएका छन् । कम्पनीले इजरायलमा चिप उत्पादनका लागि थप ६० करोड डलर लगानी योजना बनाइरहेको छ । कम्पनीले जसमध्ये चिप उत्पादन गर्न १० अर्ब डलर खर्च गर्ने योजना बनाइरहेको छ । नयाँ कारखानाले साना खालका चिप उत्पादन गर्छ कि गर्दैन भन्नेबारे चाहीं कम्पनीले केही पनि बताएको छैन । इजरायलमा इन्टेलमा करीब १४ हजार कार्यरत छन् । एजेन्सीहरु

सम्बन्धित सामग्री

मन्दिरमा दियो बलेको छ

मन्दिरमा दियो बलेको छ, फूलले मलाई घोच्न सक्छ,आफैं सारहीन छ मान्छे भने, अरूलाई आफू जस्तै सोच्न सक्छ।...

मन्दिरमा दियो बलेको छ

मन्दिरमा दियो बलेको छ, फूलले मलाई घोच्न सक्छ,आफैं सारहीन छ मान्छे भने, अरूलाई आफू जस्तै सोच्न सक्छ।...

दीपावली र रङ्गोली दियो बजारमा

टीकापुर (कैलाली), २२ कात्तिक । कैलालीको टीकापुरस्थित गौशालाले दीपावलीलाई लक्षित गरेर गाईको गोबरबाट निर्माण गरिएका ‘दीपावली र रङ्गोली दियो’ बजारमा ल्याएको छ । सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले सञ्चालन गरेको गौशालाले नौ हजार दीपावली दियो र एक हजार पाँच सय रङ्गोली दियो उत्पादन गरेर बिक्री थालेको हो । उत्पादन भएका दियो बजारका पसल तथा […]

घरमा बिहान बेलुका किन बालिन्छ दियो ?

हरेक नेपालीका घरमा बिहान बेलुका पूजा कोठामा दियो बाल्ने गरिन्छ र सायद तपाई पनि आफ्नो घरमा बिहान र साँझपख दियो बाल्नु हुन्छ होला । दियोमा बाल्ने बत्तीको आफ्नै महत्त्व छ । त्यसैले त मानिसहरु हरेक मन्दिरमा जाँदा दियो चाहिँ जसरी पनि बाल्ने गर्छन् ।  हिन्दु धर्मका कुनै पनि शुभ कार्यको थालनी गर्नु पूर्व दियो बाल्ने […]

यो निर्वाचनले देशलाई के दियो ? नयाँको म्याडेन्ट के हो ? || Yubaraj Sangroula ||

यो निर्वाचनले देशलाई के दियो ? नयाँको म्याडेन्ट के हो ? || Yubaraj Sangroula ||

दियो बाली साँझको…

दियो अर्थात् उज्यालोको प्रतीक । पौराणिक मान्यता के छ भने दियो बालेपछि घरमा सुख, शान्ति र समृद्धि छाउँछ । यही कारण तिहारमा झलमल दियोबत्ती जलाइन्छ । यही कारण तिहारलाई दीपावलीको पर्व भनिन्छ । दीप र आवली दुई शब्द मिलेर बनेको छ, दीपावली । दीप अर्थात् बत्ती । आवली अर्थात् पंक्तिबद्ध । दीपलाई जब पंक्तिबद्ध बनाएर […]

म बसेको मुटु अचेल कसलाई दियो होला

कहाँ होला यतिञ्जेल कसलाई दियो होला, मिलाएर तालमेल कसलाई दियो होला। सोध्न मन छ तिमीबिना बाँच्दिनँ भन्नेलाई, म बसेको मुटु अचेल कसलाई दियो होला।...

तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा सतर्कता अपनाउन आग्रह गरिएको छ । सामान्य सावधानी नअपनाउँदा आगलागीको जोखिम हुने भएकाले झिलिमिली बत्ती तथा दियो बाल्दा ध्यान दिन आग्रह गरिएको हो । काठमाण्डौलगायत सहरी क्षेत्रमा आगलागी हुनुमा ७० देखि ८० प्रतिशत विद्युत् सटका कारण हुने गरेको छ । झिलिमिली पर्व तिहारमा आगलागीका घटना हुने खतरा धेरै हुन्छ । यस्तै, तिहारमा दियो बालेर लक्ष्मी पूजा गर्ने र घर वरिपरि नै दियो बत्ती बाल्ने गरिएकाले विशेष सावधानी अपनाउनु पर्छ ।  जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्र...

माटोको दियो बनाउन कुमाल समुदायलाई भ्याइनभ्याइ

जनकपुरधाम : उज्यालोको पर्व रुपैयाँ चिनिने तिहार नजिकिएसँगै माटाका भाँडाकुडा बनाउने कुमाल समुदायलाई यतिबेला माटोको दियो बनाउन भ्याइनभ्याइ छ। अन्य समयमा फुर्सदिलो भए पनि तिहार आएपछि उनीहरूको व्यस्तता बढ्ने गर्दछ।झिलीमिली बत्ती बालेर धुमधामका साथ मनाइने तिहारमा अन्य समयभन्दा बढी माटाका दियो‚ धुपोउरोलगायतका समाग्रीहरुको माग हुने गरेको छ।क्षीरेश्वरनाथ -४ हरैयाका कुमालेहरु यति बेला माटाका दियो बनाउन व्यस्त छन्। उनीहरुले बनाएका माटाका भाँडा सखुवा बजार, महेन्द्रनगर, ढल्केवर, जनकपुरधामका साथै महोत्

यस्तो एउटा मन्दिर, जहाँ पानीबाट दियो जल्छ

प्रायः हामीले तेलबाट दियो जलेको देख्ने गरेका छौं । तर पानीबाट पनि दियो जल्छ भन्ने थाहा पाउँदा अचम्म लाग्न सक्छ । भारतको कालीसिन्ध नदीको किनारमा रहेको एउटा माताजीको मन्दिरमा पानीबाट दियो जल्ने गर्दछ । माताजीको उक्त मन्दिरमा दियोमा पानी राखेपछि पानी तेलजस्तै बन्ने गर्दछ र जसबाट लगातार बत्ती जल्ने गरेको छ । यसको वैज्ञानिक पुष्टि नभएपनि भक्तजनहरूले माताको शक्तिका कारण पानीबाट दियो जल्ने गरेको बताउने गरेका छन् । पानीबाट दियो जलेपछि त्यसलाई हेर्न आउने दर्शनार्थीहरूको घुईंचो लाग्ने गेरको छ । मन्दिरका पुजारी सिद्धुसिंहले ...