तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा सतर्कता अपनाउन आग्रह गरिएको छ । सामान्य सावधानी नअपनाउँदा आगलागीको जोखिम हुने भएकाले झिलिमिली बत्ती तथा दियो बाल्दा ध्यान दिन आग्रह गरिएको हो । काठमाण्डौलगायत सहरी क्षेत्रमा आगलागी हुनुमा ७० देखि ८० प्रतिशत विद्युत् सटका कारण हुने गरेको छ । झिलिमिली पर्व तिहारमा आगलागीका घटना हुने खतरा धेरै हुन्छ । यस्तै, तिहारमा दियो बालेर लक्ष्मी पूजा गर्ने र घर वरिपरि नै दियो बत्ती बाल्ने गरिएकाले विशेष सावधानी अपनाउनु पर्छ ।  जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्र...