कोरोना खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गर्न विश्व स्वास्थ्य संगठनको आग्रह

 विश्व स्वास्थ्य संगठनले बुधबार दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमलाई तीव्रता दिन अपिल गरेको छ ।  क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले खोपद्वारा रोकथाम गर्न सकिने रोगहरु महामारीको कारणले सम्बन्धित खोप सेवाको निगरानी प्रक्रिया अवरुद्ध हुँदा जोखिम बढिरहेको बताइन् ।यद्यपि डीटीपी ३ खोपको कभरेज ९१ प्रतिशत पुगेकाले यो क्षेत्र खोपद्वारा रोकथाम गर्न सकिने रोगको हकमा उत्कृष्ट अवस्थामा पुगेको उनको भनाइ छ । ११

सम्बन्धित सामग्री

कोरोना खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गर्न डब्लुएचओको अपील

२३ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुलाई कोरोना विरुद्धको खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गर्न अपील गरेको छ । दक्षिणपूर्वी एसिया क्षेत्रीय समितिको ७४औं बैठकमा बोल्दै क्षेत्रीय निर्देशक डा. पूनक खेत्रपाल सिंहले कोरोना विरुद्धको खोपमा केन्द्रित हुँदा नियमित खोप सेवा अवरुद्ध भएकाले सरुवा रोगको जोखिम बढेको बताइन् । ‘महामारीको कारणले […]

डब्लूएचओद्वारा कोरोना खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गर्न अपिल

भदौ २३, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिणपूर्वी एशिया क्षेत्रका देशलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमको पनि परिमाण विस्तार गर्नका लागि अपिल गरेको छ । नेपालको आयोजनामा जारी क्षेत्रीय संगठन समितिको ७४ औं बैठकमा क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भने, ‘महामारीको कारणले गर्दा खोपद्वारा रोकथाम गर्न सकिने रोग सम्बन्धित खोप सेवा तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले यी रोगको जोखिम बढिरहेको छ । यस सम्बन्धमा विभिन्न प्रयास भए पनि अझ धेरै गर्नुपर्ने आवश्यकता छ, विशेषगरी उपराष्ट्रिय तहमा र यी सेवाहरू नपुगेका वा पर्याप्त मात्रामा नपुगेका जनसंख्यासम्म पुग्न अपरिहार्य भएको छ ।’ बैठकमा दक्षिणपूर्वी एशिया क्षेत्रीय खोप कार्ययोजना २०२२-२०३० को रणनीतिक खाकामा पनि छलफल भइरहेको छ । सो कार्ययोजना कोभिड–१९ विरुद्धको खोप तथा कोभिड–१९ महामारीबाट प्रभावित खोप प्रणाली तथा खोपद्वारा रोकथाम गर्न सकिने रोगको निगरानीको पुनःस्थापनामा केन्द्रित छ ।  कोभिड–१९ विरुद्धको खोपसम्बन्धी प्रयासलाई असर नपारी नियमित खोप कार्यक्रम कायम राख्न तथा अभिवृद्धि गर्नका लागि आफूहरूसँग रणनीति भएको सुनिश्चित गर्नुपर्ने डा सिंहले बताए । रासस