कोरोना खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गर्न डब्लुएचओको अपील

२३ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुलाई कोरोना विरुद्धको खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गर्न अपील गरेको छ । दक्षिणपूर्वी एसिया क्षेत्रीय समितिको ७४औं बैठकमा बोल्दै क्षेत्रीय निर्देशक डा. पूनक खेत्रपाल सिंहले कोरोना विरुद्धको खोपमा केन्द्रित हुँदा नियमित खोप सेवा अवरुद्ध भएकाले सरुवा रोगको जोखिम बढेको बताइन् । ‘महामारीको कारणले […]

सम्बन्धित सामग्री

मतदानको दिन कोरोनाविरुद्धको खोप सञ्चालन नहुने

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो । निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाई हुने मन्त्रालयले प्रष्ट पारेको छ । निर्व

टेकु अस्पतालको नियमित खोप कार्यक्रम बन्द

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएपछि एक साताका लागि नियमित खोप कार्यक्रम बन्द गरेको छ । कोरोनाविरुद्धको खोप अभियानमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएकाले १० माघ सोमबारदेखि १६ माघ आइतबारसम्म सात दिन नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पतालले जनाएको छ ।

टेकु अस्पतालका ५० स्वास्थ्यकर्मी संक्रमित, कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

टेकुस्थित  शुक्रराज ट्रपिकल  तथा सरुवारोग अस्पतालमा ५० जना बढी स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक,स्वास्थ्यकर्मी एव अन्य कर्मचारीमा संक्रमण पुष्टि भएकाले कोरोनाविरुद्धको नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पतालले जनाएको छ । आइतबार अस्पतालले सूचना जारी गर्दै माघ १६ गतेसम्मका लागि कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको जनाएको छ । स्वास्थ्यकर्मी धमाधम संक्रमित भएपछि खोप कार्यक्रमा ७ दिनसम्मका लागि  स्थ

डब्लूएचओद्वारा कोरोना खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गर्न अपिल

भदौ २३, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिणपूर्वी एशिया क्षेत्रका देशलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमको पनि परिमाण विस्तार गर्नका लागि अपिल गरेको छ । नेपालको आयोजनामा जारी क्षेत्रीय संगठन समितिको ७४ औं बैठकमा क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भने, ‘महामारीको कारणले गर्दा खोपद्वारा रोकथाम गर्न सकिने रोग सम्बन्धित खोप सेवा तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले यी रोगको जोखिम बढिरहेको छ । यस सम्बन्धमा विभिन्न प्रयास भए पनि अझ धेरै गर्नुपर्ने आवश्यकता छ, विशेषगरी उपराष्ट्रिय तहमा र यी सेवाहरू नपुगेका वा पर्याप्त मात्रामा नपुगेका जनसंख्यासम्म पुग्न अपरिहार्य भएको छ ।’ बैठकमा दक्षिणपूर्वी एशिया क्षेत्रीय खोप कार्ययोजना २०२२-२०३० को रणनीतिक खाकामा पनि छलफल भइरहेको छ । सो कार्ययोजना कोभिड–१९ विरुद्धको खोप तथा कोभिड–१९ महामारीबाट प्रभावित खोप प्रणाली तथा खोपद्वारा रोकथाम गर्न सकिने रोगको निगरानीको पुनःस्थापनामा केन्द्रित छ ।  कोभिड–१९ विरुद्धको खोपसम्बन्धी प्रयासलाई असर नपारी नियमित खोप कार्यक्रम कायम राख्न तथा अभिवृद्धि गर्नका लागि आफूहरूसँग रणनीति भएको सुनिश्चित गर्नुपर्ने डा सिंहले बताए । रासस

कोरोना महामारीको असरः बालबालिकालाई लगाउनुपर्ने नियमित खोप कार्यक्रम प्रभावित

काठमाडौँ– कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ। स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चालन गरेपनि अभिभावकले कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई खोप केन्द्रसम्म नलैजाँदा खोप कार्यक्रम प्रभावित भएको हो। स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले […]

हेटौडा उपमहानगरपालिकाले सुचारु गर्यो नियमित खोप कार्यक्रम

हेटौँडा उपमहानगरपालिका कार्यालयले लकडाउन अवधिमै नियमित खोप कार्यक्रम सुचारु गरेको छ । उपमहानगरपालिकाले