काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । काेभिड–१९ सँग मिल्दाेजुल्दाे लक्षण देखा परेपछि सोमवार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्ने सदस्यको स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो ।
मङ्गलवार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उहाँकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो ।
अहि...