हर्कलाई बराहक्षेत्र नगरको पत्र: कोकाहको पानी लग्ने भए कार्यपालिकाको निर्णय ल्याऊ

बराहक्षेत्र नगरपालिकाको कार्यपालिका बैठकले तत्काल खानेपानीको काम रोकेर संस्थागत समन्वय गर्न धरान उपमहानगरलाई पत्र पठाउने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

कोसीको पानी धरान ल्याउने हर्क साम्पाङको योजनामा बराह क्षेत्रका मेयरको साथ

इटहरी । सप्तकोसी नदीको पानी धरान ल्याउने विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीबीच छलफल भएको छ । बराहक्षेत्र नगरपालिकाको कार्यालयमा भएको छलफलमा धरान उपमहानगरपालिकाका मेयर राईले बराहक्षेत्रका मेयर कार्कीलाई चतरास्थित सप्तकोसीको पानी धरान ल्याउने विषयमा औपचारिक रूपमा पत्रसहित सहयोगको लागि आग्रह गरेका थिए । मेयर कार्कीले धरान […]

कोसीको पानी धरान ल्याउने हर्क साम्पाङको योजनामा बराहक्षेत्रका मेयरको साथ

इटहरी । सप्तकोसी नदीको पानी धरान ल्याउने विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीबीच छलफल भएको छ । बराहक्षेत्र नगरपालिकाको कार्यालयमा भएको छलफलमा धरान उपमहानगरपालिकाका मेयर राईले बराहक्षेत्रका मेयर कार्कीलाई चतरास्थित सप्तकोसीको पानी धरान ल्याउने विषयमा औपचारिक रूपमा पत्रसहित सहयोगको लागि आग्रह गरेका थिए । मेयर कार्कीले धरान […] The post कोसीको पानी धरान ल्याउने हर्क साम्पाङको योजनामा बराहक्षेत्रका मेयरको साथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोसी बाढी डुुबान क्षेत्र बढ्दै

उदयपुरको बेलका नगरपालिका ८ स्थित डुम्री बोटेमा बुधबार बाँध भत्किएर बस्ती पसेको बाढीले डुवान क्षेत्र बढ्दै गएको छ । बुधबार केही क्षेत्रलाई मात्रै प्रभावित पारेकोमा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ को श्रीलंका टाप्पुु भन्ने ठाउँमा समेत बाढीको पानी फैलिएको हो ।

बाढी पसेको वराह क्षेत्रका स्थानीयको उद्धार हुँदै (फोटो फिचर)

उदयपुर : अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पानी पसेपछि स्थानीयलाई उद्धार थालिएको छ।बुधबार बिहान ४ बजेतिर सप्तकोशी नदीको बाँध फुटेर पानी पसेपछि  बेलका नगरपालिका- २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका-६ डुबानमा परेका छन्।नदीको बाँध फुटेर गाउँ पस्दा करिब १० परिवार विस्थापित भएको बेलका नगरपालिका-३ की सदस्य फाल्गुन कार्कीले जानकारी दिइन्।  अहिले सशस्त्र प्रहरीको टोलीले यहाँ उद्धार गरिरहेको छ।डुबानबाट भएको

सप्तकोशी नदीमा कटान सुरु, प्राविधिक सहितको टोली मर्मतमा

सप्तकोशी नदीको बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर र मधुवन क्षेत्रमा पानीको बहाब कम भएसँगै कटान सुरु गरेको छ । पूर्व तटबन्धको राजाबास क्षेत्रमा केही बढी कटान भएकाले त्यस स्थानका स्पर र किनार क्षेत्रमा मर्मत सम्भार सुरु गरिएको छ । नेपाल कै सबै भन्दा ठूलो नदी सप्तकोशी नदीमा सनिबार पानीको बहाव यो वर्षकै उच्च मापन गरिएकोमा आइतबार विहानैदेखि कम हुँदै गएको छ । सप्तकोशी नदीमा पानी कमभएसँगै कटान सुरु हुने भएकाले त्यसको पूर्वानुमानको आधारमा स्टोर गरेर राखेको बालुवाको बोरा, तारजाली र पानीको बेग रोक्ने प्रोकोपाईन समेत राखेर मर्मतको काम सुरु गरेको भारतीय जल संशाधन विभाग कोशी प्रोजेक्टले जनाएको छ । कोशीमा ठाउँठाउँमा जोखिम बढेको प्राविधिक र स्थानीयको गुनासोको आधारमा आइतबार विहानैदेखी सयौं मजदुर लगाएर मर्मतको कार्य स्वरुप बोरामा माटो हालेर जाली भर्ने काम सुरु गरेको छ । प्रकाशपुरको धरहरा टपन, राजाबास सहितको क्षेत्रमा दर्जन बढी स्परको मर्मत यस अघि नै गरिएकोमा बाढीको पानीले केही बीचबीच भागमा कटान गरेकाले मर्मतको काम धमाधम सुरु गरेको र हाल कुनै जोखिम नरहेको भारतीय जल संसाधन विभागको पेटिदारको रुपमा काम गर्ने के. के. मण्डलले बताउनुभयो ।

सप्तकोशीमा पानीजहाज सञ्चालन बन्द, दैनिक दुई लाख घाटा

जेठ १६, धनकुटा । सप्तकोशी नदीमा पानी जहाजले चर्चा पाएको जेटबोट कोभिड-१९  को कारण बन्द भएको छ । स्थानीय प्रशासन र सेवा प्रदायकबीच भएको सम्झौता अनुसार कोरोनाको नयाँ लहर शुुरु भएसँगै बन्द गर्दा दैनिक दुई लाख घाटा हुने गरेको जेट बोट सञ्लकको भनाइ छ ।  यात्रु तथा पर्यटकलाई कोरोरो संक्रमणबाट बचाउन जेटबोट बन्द गर्दा दैनिक दुईलाख क्षति भएको बहरा क्षेत्र म्यारिन एण्ड रिसोर्ट प्रालिका सञ्चालक नविन पौडेल बताए । उनले भने, ‘मेरो ४ ओटा जेटबोट थियो, अन्य ३ ओटा गरी जम्मा दैनिक चल्ने ७ ओटा जेटबोट बन्द भएको छ, जसको कारण दैनिक दुईलाख क्षति भएको छ ।’ सप्तकोशीमा तीन सिट, आठ सिट, १८ सिट र ७० सिट क्षमताका जेटबोट सञ्चालन हुँदै आएको छ ।  नेपालको पानीजहाज भनेर प्रचार गरिएका यी जल यात्राका साधनले स्थानीय तथा वाह्य पर्यटकलाई जलयातयातको महशुस गराउनुको साथै सुनसरी र उदयपुरको सिमाक्षेत्रमा पर्ने चतरादेखि धनकुटा, भोजपुर र संखुवासभालगायत पहाडी भेगका बासिन्दाको लागि यातायात सेवा पर्‍याउँदै आएको थियो ।  जलयात्रा गर्ने आन्तरिक पर्यटकहरुको पहिलो रोजाई बन्दै गएको उक्त सेवा कोरोना महामारीले रोकिएपछि सामान्य बनेपछि पुनः सञ्चालनमा ल्याइने पौडेलको भनाइ छ । उनले दैनिक ५०० यात्रुले यात्रा गर्दै आएको समेत जानकारी दिए ।  उनले भने, ‘सरकारले चाह्यो भने दोलालघाटसम्म जेटबोटबाट यात्रु आवतजावत गर्न गराउन सकिन्छ तर नदीका बीचमा रहेका ढुंगाहरु सरकारले पन्छाइ दिनुपर्छ ।’ पर्यटक गाइडका रुपमा काम गर्दागर्दै उनले दुई दशक अघिदेखि नेपालका विभिन्न नदीमा मोटरबोट र जेटबोट चलाउन शुरु गरेका हुन् ।  पहिलो चरणमा भोजपुुरको हतुवागडीस्थित भसुवासम्म पुगि रहेको जेटबोटका लागि दूधकोशीको बाधा पन्छाउने हो भने उदयपुरको बेलका नगरपालिका–७ र भोजपुरको हतुवागढी गाउँपालिका–९ को लाम्पातेसम्म पुग्न सकिने बताए । उनका अनुसार अरुण नदीबाट अझै टाढाको दूरीमा पर्ने तुम्लिङटारसम्म जेटबोट सञ्चालन गर्न नदीको बीचमा रहेको दुईओटा अब्स्ट्याकल (ढुंगा) ब्लास्ट गर्नुपर्ने र दूधकोसी (सुनकोसी) बाट दोलालघाट पुग्नका लागि एउटा ढुंगा ब्लास्ट गर्नु पर्नेछ । जेटबोटले भोजपुरका हतुवागडी, आमचोक, धनकुटाको सहिद भूमि गाउँपालिका सहित भोजपुर–खोटाङका दक्षिणी भेगका स्थानीयलाई छोटो दूरीमै सुनसरीको बराह क्षेत्रसँग जोडिदिएको छ ।  पानी जहाज सञ्चालन तथा नियमन सम्बन्धी कानून बनेन प्रधानमन्त्री लगायत विभिन्न पार्टीका नेताले पानी जहाजको सपना बाँडेको धेरै वर्ष भयो । संघीय सरकारले पानी जहाज कार्यालय पनि स्थापना गरिसकेको छ । तर, पानी जहाज सञ्चालन तथा नियमन सम्बन्धी कानून अझैसम्म बनेको छैन ।  खोटाङका लिकुवापोखरी, भञ्ज्याङ, काउलेदेखि चिसापानीसम्मका स्थानीय एकै घण्टामा सुनसरीको चतरा आइपुग्न सकिन्छ । चतराबाट चिसापानी हिँडेर जाने हो भने तीन दिनसम्म लाग्छ ।  यी क्षेत्रहरुबाट चतरासम्म आइपुग्न याफटिङमा करीब ८ घण्टा लाग्छ । बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका सञ्चालक अध्यक्ष सन्तोष भण्डारी र निर्देशक अमित भगतले सरकारले जल यातायातलाई सहज बनाउँदै स्थानीय यात्रुलाई अर्को क्षेत्रसँग जोड्नका लागि जेटबोट वैकल्पिक यातायातको साधन भएकाले जल यातायात सम्बन्धि नीति बनाउनु पर्ने माग गरे ।  हालसम्म निजी क्षेत्रबाट कोशी, अरुण र दूधकोशीमा जल यातायात्र सञ्चालन भइरहेको छ । तर व्यापक रुपमा जेटबोट सञ्चालन गर्न नदीका अब्स्ट्याकल हटाउन सरकारले नै पहल गर्नुपर्छ,’ उनका अनुसार जेटबोटले पूर्वका मुख्य सहरसँगको दूरी निकै कम बनाएको छ । सार्वजनिक सवारी साधनबाट घण्टौं समय लाएर सहर पस्नु पर्ने यात्रुले अब जल यातायातको माध्यमबाट २० मिनेटको समयमै ठूलाठूला पहाड र अक्करे भिरहरु छिचोल्न सकेका छन् । तर जेटबोटको सम्भावना र यात्रुहरुको सुविधा यतिमा मात्र पर्याप्त छैन ।  अरुणतिरबाट जाँदा सिम्ले र अखुवाटारको बीचमा पर्ने छहरालाई ‘कटिङ’ गरेर ‘साइट लाइन’ सारेमा तुम्लिङटारसम्म सहजै पुग्न सकिने भगतले बताए । पानीजहाज सञ्चालन भएको एक वर्ष बित्न लागे पनि अझैसम्म कानून निर्माण नभएका कारण विभिन्न खालका समस्या देखिएको बराहक्षेत्र म्यारिन एन्ड रिसोर्टका अध्यक्ष नविन पौडेलले प्रदेश १ का सांसदहरु समक्ष गुनासो गरेका छन् ।

जलयात्रासँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै बराहक्षेत्र

वैशाख ५, सुनसरी । सुविधा सम्पन होटलहरु सञ्चालन हुन थाले पछि बराहक्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटनहरुमा वृद्धि भएको छ । अघिल्ला वर्षहरुको तुलनामा अहिले बराहक्षेत्रवासीको आम्दानी पनि बढेको छ । चतरामा सप्तकोशीमा मोटरेवल पुल, कोशीमा पानी बोट चल्न थालेपछि खानपीनमा खर्च गर्ने रुचाउने मनोरञ्जनात्मक पर्यटकहरुको आगमनमा पनि वृद्धि हुन थालेको छ ।  केही वर्ष अघिसम्म बराहक्षेत्र मन्दिरमा पूजाअर्चना गर्न, मेला पर्वमा आएर नागबेली फोटो बोकेर तस्वीर खिचि धरान तथा इटहरीको होटलमा बस्ने पुग्थे । बराहक्षेत्रका व्यवासायीहरु धार्मिक पर्यटकहरुलाई स्वागत गर्ने र मिठाई बेचेर खुशि हुने गरेका थिए । अहिले पर्यटकहरु बराहक्षेत्रमै बस्न थालेपछि होटल तथा पर्यटन व्यवसायको आम्दानी पनि बढ्दै गएको छ । पकली – रुपनगर सडक खण्ड अन्तरगत निर्माण भएको बैकल्पिक राजमार्गको नाममा सप्तकोशीमा पुल निर्माण भए पछि ‘नयाँ कोशी पुल’ मा पर्यटकहरुको चहल पहल तिब्र हुन थालेको उद्योग वाणिज्य संघ चतराका अध्यक्ष रमेशकुमार बिष्ट बताउँछन् ।  विसं २०७२ सालमा शिल्यान्यास भएको पुल वरिपरी सुविधा सम्पन्न होटल सञ्चालन भएपछि सुनसरी आसपास तथा उदयपुरका पर्यटकहरु रमाउने थलो मात्र भएको छैन जमघट गर्ने थलोको रुपमा पनि विकास हुँदै गएको विष्टको भनाइ छ ।  बराहक्षेत्रको नाम नसुन्ने नेपालमा पर्यटक प्रायः कमै होलान् । बहुसंख्यक हिन्दु तथा ओमकार धर्मावलम्बी रहेको नेपालमा हिन्दु धर्मको महत्वपुर्ण चारधाममध्ये एक मानिएको बराहक्षेत्र प्रायः नेपालीको आस्थाको केन्द्रनै हो । कोका कौशिकीमा स्नान गरेर भगवान बराहक्षेत्र मन्दिरमा पुजाआर्चना गर्न नेपाल लगायत अन्य मुलुकहरुबाट पनि हिन्दुधर्मावलम्बीहरु बराहक्षेत्र आउने गर्दछन् ।  पछिल्लो समय धार्मिक पर्यटकहरुसँगै साहसीक तथा मनोेरंजनात्मक पर्यटकीय गन्तव्यको रुपमा समेत विकास भइरहेको छ । बराहक्षेत्रको चतरा र उदयपुरको बेलकाको कोठुक्षेत्र हाल पर्यटकीय हबको रुपमा विकास भइरहेको छ । नयाँ कोशी पुलस्थित होटल ग्यालेक्सीका संचालक इश्वर गुरुङ्गका अनुसार पुल आसपासका होटलले औषतमा ८ देखि १० लाख रुपैया मासिक कारोबार गर्ने गर्दछन् । पुल वरपर १५ / १६ ओटा होटल सञ्चालन भइरहेको छ भन्ने शुक्रवार र शनिवार ३ देखि ४ हजार पर्यटकहरु आउने गरेको उनको भनाइ छ । धार्मिक रुपमा प्रख्यात बराहक्षेत्र मन्दिर, कुम्भनगरी चतराधाम, औलिया बाबा जस्ता धार्मिक देवदेवालयहरुको भौतिक तथा विकास निर्माण र प्रचारप्रसारका कारण पछि परिरहेको समयमा बराहक्षेत्रमा भएका प्राकृतिक स्थल र सौन्दर्यताले प्रदेश नं १ का पर्यटकहरुलाई आकर्षित गरिरहेको छ ।   सप्तकोशीमा पछिल्लो समय जल यातायात आन्तरिक पर्यटकको रोजाई बनी रहेको छ । नेपाली पानीजहाज सञ्चालनले सप्तकोशीको महत्वलाई बढाई रहेको छ भने स्थानीय व्यवयसायीको आर्यआर्जन पनि बढ्दै गएको छ ।  कोशी पुलको आसपास उदयपुर सुनसरीको बीचमा रिभर फनको मज्जा लिन पाइने छ भने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन हुने दाबी गरिएको छ । साथै आन्तरिक तथा बाह्रय पर्यटन विकासमा यस कदमले ठूलो योगदान र चिनारीमा टेवा पुग्ने छ । नगरपालिकाकै मुख्य पर्यटकीय क्षेत्रको रुपमा वडा नं १ अग्रपंक्तिमा रहेको छ । वडामा रहेका धार्मिक, सांस्कृतिक, सौन्दर्यात्मक तथा मनोरञ्जनात्मक स्थलको अबलोकन र रमाउन वार्षिक लाखौ पर्यटक आउने गरेका छन् । सवै प्रकारका पारखीहरुको तिर्सना मेट्ने गन्तव्यको रुपमा रहेको वडा नं १ लाई पर्यटक हब बनाउन लागि परेको वडाअध्यक्ष सुरेश श्रेष्ठ बताउँछन् । वडामा रहेका बराहक्षेत्र मन्दिर, चतराधाम मात्र नभई मनोरञ्जन चाहने पर्यटकहरुको लागि समेत वडा नं १ प्रमुख गन्तव्य हुन सक्ने उनको भनाइ छ ।

सप्तकोशीमा जेट बोट, घण्टौं लाग्ने दुरी १५ मिनेटमै पार

उदयपुरः जो सुनसरीको धार्मिक क्षेत्र दर्शनको लागि पुग्छ, उसलाई जेट बोट अर्थात पानी जहाज नचढिकन फर्कनै मन लाग्दैन। उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा नगरपालिकाको बीचमा रहेको सप्तकोशी पुलबाट भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्मको जेट बोट जल यातायात संचालन छ। त्यही जल यातयात सप्तकोशीमा लोकप्रिय बनेको छ। बराहक्षेत्र ...

सप्तकोशीमा नेपाली ध्वजावाहक ‘पानी जहाज’, इटहरीबाट चार घण्टामै भोजपुर

११ चैत, इटहरी । इटहरीबाट भोजपुर सदरमुकाम पुग्न ९ घण्टा लाग्दै आएकोमा अब साढे ४ घण्टामै पुग्न सकिने भएको छ । सडकमार्गबाट इटहरीहुँदै भोजपुर सदरमुकाम पुग्न ९ घण्टा लाग्नेगर्छ । तर, अब सप्तकोशीमा व्यवसायिक रुपमा जेट बोट सञ्चालन हुने भएपछि साढे ४ घण्टामै भोजपुर सदरमुकाम पुग्न सकिने भएको हो । बराहक्षेत्र …