चाबहिल तरकारी बजारमा सनराइज क्यूआर भुक्तानी सेवा सुरु

सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आज एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले शुभारम्भ गरे ।उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन वा मोबाइल वालेटमार्फत तरकारी बजारमा रहेका पसलहरूमा तरकारी, फलफूल तथा अन्य सामग्रीहरुको खरिद रकमको सजिलै भुक्तानी गर्न सक्नेछन् । ग्राहकहरुको सहजताको लागि बैंकले बजार परिसरमा फ्रि वाइफाईको समेत व्यवस्था गरेको