विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

काठमाडौं, मंसिर १५। अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्त रूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा मन्त्री डा महतले नेपालको आर्थिक उन्नयनका परियोजनामा नेपाललाई निरन्तर सघाएकामा भारत सरकारप्रति आभार व्यक्त गरे। उनले सहुलियतपूर्ण ऋणका […]

सम्बन्धित सामग्री

विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्छः गृहसचिव अर्याल

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मुलुकको आन्तरिक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाउन सके आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन्।...

विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्छ : गृहसचिव अर्याल

काठमाडौं–  गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मुलुकको आन्तरिक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाउन सके आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन्  । आज नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण भ्रमणका क्रममा उनले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, अपराध अनुसन्धान एवं नियन्त्रणमा नेपाल प्रहरीले कुशलतापूर्वक काम गरिरहेको चर्चा […]

विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

काठमाडौँ, १५ मङ्सिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । यहाँस्थित भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्तरूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा मन्त्री डा. महतले नेपालको आर्थिक उन्नयनका परियोजनामा नेपाललाई निरन्तर सघाएकामा भारत सरकारप्रति आभार व्यक्त गरे । उनले […]

पोखरालाई पर्यटकको केन्द्रको रुपका विकास गर्नपर्छ : अर्थमन्त्री

काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। आईतबार सो विमानस्थलको उद्घाटन समारोहमा उपप्रधानमन्त्री पौडेलले विमानस्थलको सही र भरपुर सदूपयोग गरेर पोखरालाई पर्यटकहरुको केन्द्रको रुपका विकास गर्न लाग्नुपर्ने बताए । उनले विमानस्थललाई प्रभावकारी ढंगले संचालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड

काठमाडाैं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनु भएको छ। आइतबार सो विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री पौडेलले सो विमानस्थलको सही र भरपुर सदूपयोग गरेर पोखरालाई पर्यटकहरुको केन्द्रको रुपका विकास गर्न लाग्नुपर्ने बताउनु भएको हो । त्यस अवसरमा उहाँले सो विमानस्थललाई प्रभावकारी ढंगले संचालन गर्नका लागि अर्थ मन्त्रालयको […]

वन व्यवस्थापनमा स्थानीयको क्षमता विकास गर्न आवश्यक

वन व्यवस्थापनमा स्थानीयको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । वन व्यवस्थापनमा स्थानीय तहको क्षमता कमीका कारण प्रभावकारी नतिजा आउन नसक्ने भन्दै सरोकारवालाले स्थानीयको क्षमता विकास गर्न आवश्यक रहेको बताएका हुन् ।प्राविधिक दक्षताको अभावमा स्थानीय निकायले वन व्यवस्थापन कार्य प्रभावकारी रूपमा अगाडि बढाउन नसक्ने भन्दै वन व्यवस्थापनमा स्थानीय तहको क्षमता विकासमा जोड गरिएको […]

साझा न्यूनतम कार्यक्रमलाई विशेष जोड दिन मन्त्रालयहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संयुक्त सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रमलाई सबै मन्त्रालयले विशेष जोड दिई कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् । बुधवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिएका हुन्। समृद्धि, विकास र सुशासनको लागि वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिविद्धताको प्रभावकारी कार्यसम्पादन गर्न विशेष […]

साझा विकास रणनीति तय गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले साझा विकास रणनीति तय गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा आइतवार आयोजित एक समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सबै पक्षहरूबीच व्यापक बहस गरेर दशवर्षे साझा विकास रणनीति तय गर्नुपर्ने बताएका हुन् । देश विकास सबैको साझा एजेण्डा भएकाले संविधानमा उल्लेख गरिएबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी विकास रणनीति तय गर्नुपर्ने धारणा अर्थमन्त्री शर्माले व्यक्त गरे । नेपालको सन्दर्भमा ‘प्रगतिशील पूँजीवाद’को अवधारणाअनुसार विकास रणनीति तय गर्नुपर्ने उनको भनाइ छ । मजबुत अर्थतन्त्र निर्माणका लागि संरचनागत सबलीकरण अहिलेको आवश्यकता रहेको भन्दै उनले गहन अध्ययन अनुसन्धानका लागि अर्थ मन्त्रालयमा उपयुक्त संयन्त्र निर्माण गरिने बताए । निजीक्षेत्रसँगको सहकार्य अझै उन्नत किसिमको हुने भन्दै मन्त्री शर्माले उत्पादनमुखी क्षेत्रमा ध्यान दिन आग्रह गरे । ‘उपलब्ध स्रोत साधनको भरपूर उपयोग गर्ने, छरिएको पूँजी एकीकृत गर्ने, वित्तीय संघीयता लागू गर्ने र सामाजिक न्याय स्थापित गर्ने काममा सरकारको ध्यान जानेछ,’ उनले भने । कोभिडबाट थलिएको अर्थतन्त्र उकास्न अति प्रभावितहरूलाई राहत दिने, उत्पादन क्षेत्रमा लगानी बढाउने, पारदर्शिता र सुशासन कायम गर्नेलगायत गतिविधिमा सरकार अघि बढ्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । परिमार्जित बजेट सन्तुलित किसिमको आउने भन्दै उनले प्रधानमन्त्रीको जिल्लामा ५ अर्बको योजना हालेर बाँकीमा रित्तै बनाउने काम आफ्नो तर्फबाट नहुने बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले वार्षिक ३० अर्बभन्दा बढीको चामल आयात गर्ने अवस्थाको अन्त्य नगरेसम्म देश विकास कठिन रहेको बताए । उत्पादनको क्षेत्रमा लगानी बढाएर आयात घटाउनुपर्नेमा उनले जोड दिए । उनका अनुसार अब उत्पादन बढाउने, पूँजीगत खर्च क्षमता बढाउने र लोकतान्त्रिक प्रणाली अनुरूपको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा लाग्नुपर्छ । डा. रिजालले कोभिडबाट प्रभावित बीचको वर्गलाई माथि उठाउने खालको कार्यक्रममा जोड दिनुपर्ने बताए । एमाले सांसद विमला राई पौडेलले कोभिडबाट अनौपचारिक क्षेत्रमा काम गर्ने जनशक्ति र त्यसमा पनि महिलाहरू बढी प्रभावित भएको भन्दै उनीहरूका लागि राहतमुखी कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइन् । महिलाको स्वामित्वमा खुलेका उद्योगलाई विशेष महत्त्वका साथ राहत उपलब्ध गराउन जरुरी रहेको उनले बताइन् । अघिल्लो सरकारले २ वर्षअघि बसालेको अर्थतन्त्रको जग नबिगारेर अघि बढ्न नयाँ सरकारलाई उनले आग्रह गरिन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको निजीक्षेत्रले उत्पादकत्व वृद्धि गर्ने क्षेत्रमा लगानी गर्न नसकेको स्वीकार गर्दै त्यसका लागि सरकारले वातावरण बनाइदिनुपर्ने बताए । स्वदेशी उत्पादन नबढाई पूँजी निर्माण हुन नसकिने यथार्थ मनन गरेर उद्योग वाणिज्य महासंघले ‘नेट २०३०’ नामक भिजन पेपर तयार गरेको जानकारी उनले दिए । प्रदेश नं २ का योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले विकास आयोजनाहरूमा बजेट विनियोजन गर्ने, तर प्रभावकारी अनुगमन र मूल्यांकन नगर्ने परिपाटीले देश विकासमा नकारात्मक असर गरेको टिप्पणी गरे । प्रदेशको मुख्यमन्त्रीभन्दा जिल्ला प्रशासन कार्यालयको सीडीओ शक्तिशाली हुने खालको संघीयताले विकास हुन नसक्ने उनको भनाइ छ । प्रदेश २ मा विकास खर्चतर्फ ५४ प्रतिशत र चालू खर्चतर्फ ४६ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिँदै झाले त्यहाँ पनि पूँजीगत खर्च अपेक्षाकृत हुन नसकेको उल्लेख गरे ।

परियोजनाको प्रभावकारी कार्यान्वयनमा जोड

एसियाली विकास बैङ्क (एडीबी)को सहायताअन्तर्गत परिचालित परियोजनाहरूको समयमै प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । शुक्रबार आयोजित एडीबीको सहायतामा सञ्चालित परियोजनाहरूको समीक्षा कार्यक्रमका सहभागीले परियोजना सुरुवात, खरिद प्रक्रिया, भुक्तानीलगायत विभिन्न चरणमा समस्या कायमै रहेकाले यसको समाधान जरुरी रहेको बताएका छन् ।