राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिवलाई ऋषि धमलाको हमलाः “सार्वजनिक यातायातका साधनमा भाडा बढाएर जनतालाई महँगीको मारमा पार्नुभयो होइन ?”

काठमाडौं, २१ चैत । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा साउनदेखि चैतसम्म प्रति लिटर ३४ रुपियाँ मूल्यवृद्धि भएकाले सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपरेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव सिटौलाले भने, “पेट्रोलियम पदार्थमा नौ महिनासम्म भएको मूल्यवृद्धि यातायात व्यवसायीले […]