भक्तपुरका १३४ सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं। भक्तपुरमा भूकम्पले क्षति गरेका पुरातात्विक महत्वका सम्पदामध्ये १३४ वटा साना ठूला सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भक्तपुरमा २१३ वटा सम्पदामा क्षति पुगेको थियो।तीमध्ये १३४ वटाको पुनःनिर्माण सम्पन्न भएको स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डा भक्तपुरले जनाएको छ।भूकम्पले क्षतिग्रस्त १२ वटा सम्पदाको पुनःनिर्माण कार्य भइरहेको र २० वटा सम्पदा पुनःनिर्माणको चरणमा रहेको छ।रासस

सम्बन्धित सामग्री

पुनःनिर्माण पर्खिइरहेको सोह्रखुट्टे पाटी

ललितपुर : ललितपुर महानगरपालिका–२२ बुङ्गमतीस्थित ऐतिहासिक सोह्रखुट्टे पाटी जीर्ण अवस्थामा पुगेको छ। २०७२ सालमा भूकम्पले क्षति गरेका धेरै सम्पदा पुनःनिर्माण भए पनि सो पाटी अझै पुनःनिर्माण भएको छैन। काठमाडौँ उपत्यकामा अन्य विभिन्न पाटी भए पनि सोह्र खुट्टा भएका पाटी छैनन्। इतिहासकारहरुका अनुसार सोह्र खुट्टा भएकाले सोह्रखुट्टे पाटी भनिएको हो। ऐतिहासिक घुम घरको आकारमा निर्माण भएको सोह्रखुट्टे पाटीको अहिले एउटा खम्बा अर्थात् खुट्टा भूकम्पले क्षति गरेको थियो। पाटी प्रयोगविहीन छ। रात

अझै सुरु भएन हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण

काठमाडौँ- विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका विश्व सम्पदा क्षेत्र हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु हुन सकेको छैन । बजेट अभावमा विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु गर्न नसकिएको हनुमानढोका दरबार हेरचाह अड्डाका इञ्जिनीयर रेणु महर्जनले जानकारी दिइन् । साढे आठ वर्षअघिको भूकम्पले यस क्षेत्रका ७५ […]

भूकम्पका कारण भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण

काठमाडौं । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ । चालु आर्थिक वर्षमा तीन वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। सोह्रवटा सम्पदा अझै पुनःनिर्माण हुन सकेको छैन । भूकम्पले क्षति भएका पशुपति क्षेत्रका जयवागेश्वरी, […]

पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण

काठमाडौँ– विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ । चालु आर्थिक वर्षमा तीन वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।  सोह्रवटा सम्पदा अझै पुनःनिर्माण हुन सकेको छैन । भूकम्पले क्षति भएका पशुपति क्षेत्रका जयवागेश्वरी, […]

सांस्कृतिक सम्पदा पुनःनिर्माण गर्न भारतबाट ४ अर्ब २० करोड अनुदान

भूकम्पले भत्केका ललितपुर, नुवाकोट, रसुवा र धादिङका १४ वटा सांस्कृतिक सम्पदा तथा अन्य नौ जिल्लाका १०३ वटा स्वास्थ्य केन्द्र पुनः निर्माणका लागि भारत सरकारले रु चार अर्ब बीस करोड अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज यहाँ आयोजित एक सङ्क्षिप्त कार्यक्रममा यहाँस्थित भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका …

छ वर्षमा पुरातात्विक महत्वका ४९३ सम्पदा पुनःनिर्माण

गोरखा भूकम्पको छ वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४९३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ । क्षतिग्रस्त २८८ सम्पदा पुनः निर्माणको चरणमा रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । यी सम्पदाको पुनःनिर्माण चालु …

पुरातात्विक महत्वका ४८५ सम्पदा पुनःनिर्माण

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तीन वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४८५ सम्पदाको पुनःनिर्माण गरेको छ ।

पाशुपत क्षेत्रका ४७ सम्पदा पुनःनिर्माण

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाशुपत क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७  सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ ।  पाशुपत क्षेत्रका ११ सम्पदाको पुनःनिर्माण चालू रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विश्वरुपा मन्दिर, गौरीघाटलगायत सात  सम्पदा निर्माण प्रक्रियामा  छन् । पच्चीस सम्पदाको काम शुरु गर्न बाँकी रहेको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिए । भूकम्पले पाशुपत क्षेत्रका ९० सम्पदामा क्षति पुगेको थियो ।गत हप्ता पाशुपत क्षेत्रको चन्द्रविनायक

पाशुपत क्षेत्रका ४७ सम्पदा पुनःनिर्माण

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाशुपत क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७  सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ ।  पाशुपत क्षेत्रका ११ सम्पदाको पुनःनिर्माण चालू रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विश्वरुपा मन्दिर, गौरीघाटलगायत सात  सम्पदा निर्माण प्रक्रियामा  छन् । पच्चीस सम्पदाक...

हनुमानढोकाका २७ सम्पदा पुनःनिर्माण

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।