पुनःनिर्माण पर्खिइरहेको सोह्रखुट्टे पाटी

ललितपुर : ललितपुर महानगरपालिका–२२ बुङ्गमतीस्थित ऐतिहासिक सोह्रखुट्टे पाटी जीर्ण अवस्थामा पुगेको छ। २०७२ सालमा भूकम्पले क्षति गरेका धेरै सम्पदा पुनःनिर्माण भए पनि सो पाटी अझै पुनःनिर्माण भएको छैन। काठमाडौँ उपत्यकामा अन्य विभिन्न पाटी भए पनि सोह्र खुट्टा भएका पाटी छैनन्। इतिहासकारहरुका अनुसार सोह्र खुट्टा भएकाले सोह्रखुट्टे पाटी भनिएको हो। ऐतिहासिक घुम घरको आकारमा निर्माण भएको सोह्रखुट्टे पाटीको अहिले एउटा खम्बा अर्थात् खुट्टा भूकम्पले क्षति गरेको थियो। पाटी प्रयोगविहीन छ। रात