तराईका जिल्लामा उखरमाउलो गर्मी, बालबालिकादेखि वृद्धवृद्धासम्मलाई समस्या [भिडियो]

अत्यधिक गर्मीका कारण दिउँसोको समयमा घरबाहिर निस्कन कठिन भएको छ ।

सम्बन्धित सामग्री

देशभर उखरमाउलो गर्मी, पानी नपर्दा तातो र सुख्खा हावा चल्न थाल्यो

काठमाण्डाै – केही दिनदेखि देशभर गर्मी बढेको छ । देशका सबैजसो ठाउँमा अधिकतम तापक्रम बढेको छ भने तातो र सुख्खा हावा चल्न थालेको छ । पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी परेर बिहान बेलुका केही शीतलजस्तो महसुस भए पनि तराईका जिल्लामा केही दिन यता पानी नपर्दा गर्मी बढेर जनजीवन प्रभावित बनेको छ । काठमाण्डौसहित पहाडी क्षेत्रमा पनि दिउँसोको समयमा टण्टलापुर घाम चर्किँदा जनजीवन प्रभावित भएको छ । केहि दिनको लागि मनसुन रोकिएर न्यूनचापीय रेखा नेपालबाट टाढा भएकाले धेरै गर्मी महसुस भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनु...

फागुनमै अत्यधिक गर्मी

सर्लाहीसहित तराईका जिल्लामा यस वर्ष फागुन नसकिँदै अत्यधिक गर्मी हुन थालेको छ। गएको भदौदेखि वर्षा नभएपछि तराई क्षेत्रमा उखरमाउलो गर्मी हुन थालेको हो। फागुन महिनामै दिउँसो बाहिर निस्कनै गाह्रो पर्ने गरी चर्को घाम हुने गरेको हुँदा तराईवासी प्रभावित हुन थालेका छन्। चर्को घाम लाग्दा तराई क्षेत्रको तापक्रम दिनहुँ बढ्दो क्रममा छ। सोमबार मध्याह्न सर्लाहीको तापक्रम ३४ डिग्री सेल्सियस मापन गरिएको छ। हरिपुर नगरपालिका–५, असन्माकी प्रमिलादेवी माझीले फागुनमै अत्यधिक गर्मी भएको पहिलो पटक महसुस गरेको बताउनुभयो।