इन्डोनेसिया र इस्ट टिमोरमा बाढीपहिरोले मृत्यु हुनेको संख्या १७७ पुग्यो
इन्डोनेसिया र इस्ट टिमोरमा गएको भीषण बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १ सय ७७ पुगेको छ भने कम्तीमा ७० जना बेपत्ता छन् । इन्डोनेसियाको विपद् न्यूनीकरण संस्थाले प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ भएको जनाएका छन् ।