इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का प्रमुख डा. कृष्ण पौडेलका अनुसार बालबालिका र ५० वर्षभन्दा कम उमेरका मानिसहरुमा देखिएको संक्रमण यूके भेरियण्ट (बी.१.१.७) सँग मिल्दोजुल्दो पाइएको हो । यद्यपि यसलाई प्रमाणित गर्न गर्नुपर्ने जिन सिक्विनिङ नेपालमा हुँदैन ।
अहिलेसम्म कोरोना भाइरसका तीन भेरियन्ट पाइएको छ, बेलायतमा बी.१.१.७, अफ्रिकामा बी.१.१३५ र ब्राजिलमा पी.१ । तीनै भेरियन्ट छिमेकी मुलुक भारतमा पनि भेटिएको छ । नेपालमा भने युके भेरियन्ट मात्र पुष्टि भएको छ ।