मेलम्ची खानेपानीकाे इतिहासः सपना, सम्भाव्यतादेखि उद्घाटनसम्म

बहुप्रतिक्षित मेलम्ची खानेपानी काठमाडाैँ आइपुगेकाे छ। २०४१ सालमा चिह्नित याे आयाेजनाले साकार रूप लिन भने २०७७ साल कुर्नुपर्याे। विविध उतारचढाव बेहाेरेकाे मेलम्चीमा आयाेजनाकाे लागत पनि अनुमानित भन्दा निकै बढी आएकाे छ। आजमात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको उद्घाटन गरेसँगै आयाेजना सम्पन्न भएकाे हाे। मेलम्ची आयाेजनाकाे समयरेखा, खर्च विवरणसहितः

मेलम्ची आयाेजनाकाे समयरेखाः

विसं २०२९ : खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन

विसं २०४१ : मेलम्चीसहित २२ विकल्प पहिचान

विसं २०४९ : याङ्ग्री र लार्के समेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर

विसं २०५५ : मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर कार्य जारी

विसं २०६४ : नेपाल सरकार र प्रमुख दाता एशियाली विकास ब्यांकबीच आयोजना पुनर्संरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति

विसं २०७७ फागुन २२ : मेलम्चीको पानी सुन्दरीजलमा 

विसं २०७७ चैत १५ : मेलम्चीको पानी परीक्षण वितरण स्वरूप उपत्यकावासीको धारामा,

विसं २०७७ चैत २० : राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन

खर्च विवरणः

कुल आयोजना खर्च : ३१२ मिलियन अमेरिकी डलर वा ३५ अर्ब रुपैयाँभन्दा धेरै

नेपाल सरकारको लगानी : कुल खर्चको एक तिहाइ

एशियाली विकास ब्यांकको लगानी : कुल खर्चको झन्डै आधा वा ४६ प्रतिशत

अन्य दातृसंस्था : जाइका, नोर्डिक सहायता कोष र ओपेक

मुआब्जा खर्च (आर्थिक वर्ष २०७५-७६ सम्म) : १ अर्ब १२ करोड रुपैयाँ

सामाजिक उत्थानमा खर्च : झन्डै ९५ करोड रुपैयाँ


सम्बन्धित सामग्री

अख्तियारले स्ट्रिङ अपरेसन गरी कर्मचारी पक्राउ गर्न नपाउने अदालतकाे निर्णय

सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैंले घूस रकम उपलब्ध गराउँदै ‘स्टिङ अपरेसन’का आधारमा अब सरकारी कर्मचारी पक्राउ गर्न नपाउने निर्णय गरेकाे छ। याेसँगै अदालतमा विचाराधीन स्टिङ अपरेशनका ४०० मुद्दा खारेज हुने भएका छन्।

छोटकरी विशेष

चारदिनभित्र सबै मुद्दा टुंग्याउने जसपालाई प्रधानमन्त्रीकाे आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेता तथा कार्यकर्तालाई लागेका मुद्दा टुंग्याउने आश्वासन दिएका छन्। जसपाका चारजना नेताहरूसँग भेटेका प्रधानमन्त्री यस्ताे आश्वासन दिएका हुन्। यसअघि रेशम चाैधरी लगायतका थारू आन्दोलनमा पक्राउ परेका नेता कार्यकर्ताकाे मुद्दा फिर्ता गर्न फाइल गृहमन्त्रालय पुगेकाे थियाे।

छोटकरी विशेष

देशैभर बढ्दै काेराेनाका गम्भीर बिरामी, वाग्मतीमा सबैभन्दा बढी

नेपालमा पछिल्लो २४ घण्टामा काेराेनाका १६० जना बिरामी आईसीयूमा भर्ना भएका छन्। त्यस्तै काेराेनाकाे सिकिस्त लक्षण देखिएका अन्य ४५ जनालाई भेन्टिलेटरमा राखिएकाे छ। यीमध्ये सबैभन्दा धेरै सिकिस्त बिरामी वाग्मती प्रदेशमा भेटिएका छन्। त्यस्तै देशैभरि काेराेनाबाट मृत्यु हुनेकाे संख्या बढ्दाे क्रममा देखिएकाे छ। सरकारले भने १३ बुँदे सूचना जारी गरेकाे छ।

छोटकरी विशेष

रेशम चाैधरीकाे मुद्दा फिर्ताकाे फाइल गृहमन्त्रालयमा

सरकारले जसपासँगकाे सत्ता साझेदारीका लागि रेशम चाैधरी लगायतकाे मुद्दा फिर्ताकाे प्रक्रिया अघि सारेकाे छ। आजकै मन्त्रिपरिषद् बैठकबाट मुद्दा फिर्ता र कैद माफी मिनाहाको प्रस्ताव लैजाने योजना भएपनि तयारी नपुगेकाे भन्दै राेकिएकाे हाे। यसअघि सरकारसँगकाे वार्तामा जसपा कार्यदलले सबैखालका मुद्दा फिर्ता लिने बारे छलफल गरेकाे थियाे।

छोटकरी विशेष

शेयर बजारबाट १० कित्ते प्रावधान हट्ने, न्यूनत्तम् ५० कित्ता बनाइँदै

नेपाल धितोपत्र बोर्डले आईपीओमा १० कित्ते नीति हटाउने भएको छ। बोर्डले प्राथमिक बजारमा १० कित्ते प्रावधान हटाउँदै न्यूनत्तम ५० कित्ता पुर्‍याउने तयारी गरेको हो। केही समयअघि बाेर्डले यो प्रावधान हटाउने तयारी गरेपनि साना लगानीकर्ताहरूको विरोधका कारण निर्णय हुन सकेको थिएन। १० कित्ते नीतिले विकृति ल्याएको भन्दै प्रावधान हटाउन लागिएको हाे।

छोटकरी विशेष