प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतमा परेको अवहेलनाको मुद्दा आज पेशीमा चढेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा यो मुद्दा पेशी चढेको हो। मुद्दा अन्तिममा रहेकाले सुनुवाइ हुने सम्भावना भने कम रहेको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ चलिरहेका बेला प्रधानमन्त्रीले दिएकाे भाषणले अदालतकाे अपहेलना गरेकाे भन्दै मुद्दा परेकाे हाे।