एमाले नेताहरूले भने, ओलीको तानाशाही कदम मान्दैनौँ
एमाले नेता माधवकुमार नेपालसहित ११ जनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेताहरूलाई निलम्बन गर्ने कदम तानाशाही भएको भन्दै नमान्ने बताएका छन्। ओलीले सत्ताको दुरुपयोग गरिहेको आरोप लाउँदै उनीहरूले कम्युनिस्ट आन्दोलन सकाउन ओली लागिपरेको समेत बताएका छन्। त्यस्तै उनीहरूले निलम्बन विभाजनतिर जाने बाटाे भएकाे निष्कर्षसमेत निकालेका छन्।