भारतमा दिनप्रतिदिन संक्रमण बढ्दै, युरोपमा लडडाउन घोषणासँगै विरोध कार्यक्रम जारी

भारतमा कोरोना भाइरस संक्रमित र मृतक संख्यामा फेरि वृद्धि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ३६ हजार सात सय २१ संक्रमित भएका छन् । यसैगरी रोपमा लडडाउन घोषणासँगै विरोध कार्यक्रम जारी छ।

यो एक सातामा भारतमा ६७ प्रतिशतले संक्रमित संख्या बढेको छ । यसैबीच, गुजरातमा स्वतन्त्र रूपमा होली खेल्न प्रतिबन्ध लगाइएको छ । होलीको अवसरमा एक–अर्काविरुद्ध रङ लगाउने र पानी छर्कने जस्तो कार्य नगर्न भनिएको छ । पन्जाबमा नाइट कफ्र्यु जारी भएको छ । 


युरोपमा लडडाउन घोषणासँगै विरोध कार्यक्रम जारी नै छ । जर्मनी, नेदरल्यान्ड्स, अस्ट्रिया, बुल्गेरिया, स्विट्जरल्यान्ड, रोमानिया, पोल्यान्ड, फ्रान्स र बेलायतका नागरिकले सोमबार बिहानदेखि नै विरोध कार्यक्रम आयोजना गरिरहेका छन् ।


सम्बन्धित सामग्री

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

संसदीय समितिले बालबालिकाहरू कोभिड– १९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

छोटकरी सम्पादक

एमालेका ४ सांसदले 'फ्लोर क्रस' गरेपछि कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो

२२ जना सांसदको विश्वासको मत पाएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

छोटकरी सम्पादक

सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिश

सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो ।

छोटकरी सम्पादक

मृतकको दाहसंस्कार नगरी गाड्ने बाहानामा गरियो अर्का व्यक्तिको हत्या

मृत्युपछि आफ्नो शव जलाउनुको सट्टा गाडिओस् भनेका एक व्यक्तिको इच्छा पूरा गर्ने बाहानामा चीनमा अर्का व्यक्तिको अपहरणपछि हत्या भएको छ। चीनमा शव गाड्ने चलनलाई अत्याधिक रुचाइन्छ।

छोटकरी सम्पादक

ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजनमा कोरोना देखियो

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजन कोरोना सङ्क्रमित भएको पाइएको छ। पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ।

छोटकरी सम्पादक