संसद्‌मै मागियो प्रधानमन्त्रीको राजीनामा

संसदमा प्रतिनिधित्व गर्ने अधिकांश दलले प्रधानमन्त्रीलाई नैतिक हुन आग्रह गर्दै राजीनामा दिएर संसदीय प्रक्रियामा प्रवेश गर्न माग गरेका छन् । पुनर्स्थापित प्रतिनिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिकताको खोजी भएको हो।

ताजा जनादेश राजनीतिक निकासको माध्यम भन्दै प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्रीको बुझाइ गलत सावित भइसकेकाले उनले नैतिक रुपमा राजीनामा दिएर संसदलाई निकासको बाटो खोलिदिनुपर्ने संसदमा प्रतिनिधित्व गर्ने दलहरुको निष्कर्ष छ। 


“सरकारले असंवैधानिकरुपमा विघटन गरेको प्रतिनिधि सभा सर्वोच्चबाट पुनःस्थापित भएको छ । यसको कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भन्दै वडातहसम्म पुगेर देशव्यापी विरोध गरेको थियो,” कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भने।


प्रधानमन्त्रीकै पार्टी नेकपाबाट अदालतको आदेशपछि छुट्टिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीका कारण राजनीतिमा मूल्य पद्धति र नैतिकता हुन्छ भन्ने कुरामा प्रश्न उठेको बताएको छ । 

“राजनीतिमा नैतिक मूल्य हुन्छ कि हुँदैन, मूल्य पद्धतिको अलिकति पनि स्थान राजनीतिमा छ कि छैन ?,” माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले प्रश्न गरिन्, “अहिले पनि जिताहा शैली देखाउने ?"


संसदको चौथो दल जनता समाजवादीले प्रधनमन्त्री र सत्तारुढ दलका गतिविधिले नैतिक मूल्य समाप्त पार्न खोजेको बताएको छ । यस्तै, राष्ट्रिय जनमोर्चा पार्टीले पनि प्रधानमन्त्रीले राजीनामा दिएर संसदलाई स्वाभाविक अभ्यासको बाटो खोलिदिनुपर्ने बताएको छ । 


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।