लागेको कोपिला पनि रुखमै सुक्न थालेको र गुराँस नफुल्दा आफूहरूलाई उराठ लागेको स्थानीयवासीहरू बताउँछन्। ढकमक्क फुलेको गुराँसको मनोरम दृश्य हेर्न गुराँसे आउने मान्छेहरू निराश भएर फर्किने गरेका छन्।
मोटरका माध्यमले सुर्खेतबाट पश्चिम–उत्तर कर्णालीतर्फको यात्रा गर्दा दैलेख जिल्लाको पहिलो गाउँपालिका हो गुराँस। गुराँस धेरै पाइने भएकाले यस ठाउँलाई गुराँसे भनिएको हो । सुर्खेतबाट उकालो लागिसकेपछि करिव १४–१५ किलोमिटरको यात्रापछि रानीमत्ता भन्ने ठाउँ पर्दछ र लगत्तै आउँछ गुराँसे ।
त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागमा प्राध्यापन गर्ने वनस्पतिविद् विजया पन्त जमिनमा पानीको मात्रा कम भएकोले यसपालि गुराँस नफुलेको हुनसक्ने बताउँछिन्।
"त्यही ठाउँमा अघिल्लो वर्ष फुल्ने यो वर्ष नफुल्ने भनेको सुख्खापनले गर्दा नै हुनुपर्छ", उनी भन्छिन्, "पानीलाई सोसेर गुराँस फुल्ने भएकोले फुल्नु अघि पानी नपर्दा गुराँस फुल्न सकेन।"
गुराँसे क्षेत्रको मनोरम दृश्य हेर्न दैलेखको गुराँस गाउँपालिकाले अग्लो डाँडोमा भ्यू टावर र कृत्रिम गुराँस बनाएको छ। गुराँसको बिरुवामा बाघ, डाँफे, गिद्व, चरा, सर्प लगाएतका आकृति समेत निर्माण गरेको छ।
पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने दैलेखको गुराँस गाउँपालिकामा भ्यू–टावर र कलाकृत गुराँसको बोट निर्माण गरिएसँगै दैनिक दुई/तीन सयको हाराहारीमा वाह्य तथा आन्तरिक पर्यटकहरू आउने गरेको गुराँस गाउँपालिकाले जनाएको छ ।
यसैगरी, एक समय दैलेख र सुर्खेत जिल्लाको सीमा क्षेत्र रानीमत्ता–गुराँसे स्याउका लागि प्रख्यात थियो। घर–घरमा स्याउका बगैंचा देखिन्थे । यात्रुहरु स्याउको स्वाद चाख्नकै लागि त्यहाँ विश्राम लिने गर्दथे । गुराँसेको स्याउले दैलेख, सुर्खेत र नेपालगञ्जसम्म बजार पाएको थियो । तर अहिले गुराँसेको स्याउ पनि इतिहास बन्दै छ।
गुराँस नेपाल लगायतका देशहरूमा पाइने एक प्रकारको रूख हो। यो पतझड अर्थात् decidious वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत्र-बैशाख महिनामा फूल्ने गर्दछ। तर गुराँस कहिले चाडै त कहिले फुल्दै नफुल्ने जस्ता समस्याहरू अन्यत्र पनि देखिदै आएका छन्।