पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जाँदै, २६ वर्षपछि पूरा हुँदै हुम्लीवासीको सडक सपना

२२ असार, हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदैछन् । कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निर्माणाधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जान लागेको उनको सचिवालयले जनाएको छ …