एमालेको केन्द्रीय कार्यालय पहिले पनि धुम्बाराहीमै थियो । माओवादी केन्द्रको मुख्यालय पनि एकीकरणअघि कार्यालय रहेको पेरिसडाँडाबाटै सञ्चालन हुने भएको छ ।
सर्वोच्च अदालतले एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै रहने भएका छन् ।