रघुजी पन्तविरुद्ध काेमल ओलीले दिइन् उजुरी, क्षमा दिन नसक्ने भनाइ

आफूलाई अभद्र भाषाको प्रयोग गरेको भन्दै राष्ट्रियसभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी पन्तविरुद्ध मुद्दा हालेकी छन्। सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्‍याउने नियतले जानीजानी गाली र बेइज्जती गरेको र त्यसको प्रचारप्रसार गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्। यसअघि पन्तले ओलीलाई पिडुँला देखाएर सांसद बनेको भन्दै अभद्र टिप्पणी गरेका थिए।

विस्तृतमा


सम्बन्धित सामग्री

अख्तियारले स्ट्रिङ अपरेसन गरी कर्मचारी पक्राउ गर्न नपाउने अदालतकाे निर्णय

सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैंले घूस रकम उपलब्ध गराउँदै ‘स्टिङ अपरेसन’का आधारमा अब सरकारी कर्मचारी पक्राउ गर्न नपाउने निर्णय गरेकाे छ। याेसँगै अदालतमा विचाराधीन स्टिङ अपरेशनका ४०० मुद्दा खारेज हुने भएका छन्।

छोटकरी विशेष

चारदिनभित्र सबै मुद्दा टुंग्याउने जसपालाई प्रधानमन्त्रीकाे आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेता तथा कार्यकर्तालाई लागेका मुद्दा टुंग्याउने आश्वासन दिएका छन्। जसपाका चारजना नेताहरूसँग भेटेका प्रधानमन्त्री यस्ताे आश्वासन दिएका हुन्। यसअघि रेशम चाैधरी लगायतका थारू आन्दोलनमा पक्राउ परेका नेता कार्यकर्ताकाे मुद्दा फिर्ता गर्न फाइल गृहमन्त्रालय पुगेकाे थियाे।

छोटकरी विशेष

देशैभर बढ्दै काेराेनाका गम्भीर बिरामी, वाग्मतीमा सबैभन्दा बढी

नेपालमा पछिल्लो २४ घण्टामा काेराेनाका १६० जना बिरामी आईसीयूमा भर्ना भएका छन्। त्यस्तै काेराेनाकाे सिकिस्त लक्षण देखिएका अन्य ४५ जनालाई भेन्टिलेटरमा राखिएकाे छ। यीमध्ये सबैभन्दा धेरै सिकिस्त बिरामी वाग्मती प्रदेशमा भेटिएका छन्। त्यस्तै देशैभरि काेराेनाबाट मृत्यु हुनेकाे संख्या बढ्दाे क्रममा देखिएकाे छ। सरकारले भने १३ बुँदे सूचना जारी गरेकाे छ।

छोटकरी विशेष

रेशम चाैधरीकाे मुद्दा फिर्ताकाे फाइल गृहमन्त्रालयमा

सरकारले जसपासँगकाे सत्ता साझेदारीका लागि रेशम चाैधरी लगायतकाे मुद्दा फिर्ताकाे प्रक्रिया अघि सारेकाे छ। आजकै मन्त्रिपरिषद् बैठकबाट मुद्दा फिर्ता र कैद माफी मिनाहाको प्रस्ताव लैजाने योजना भएपनि तयारी नपुगेकाे भन्दै राेकिएकाे हाे। यसअघि सरकारसँगकाे वार्तामा जसपा कार्यदलले सबैखालका मुद्दा फिर्ता लिने बारे छलफल गरेकाे थियाे।

छोटकरी विशेष

शेयर बजारबाट १० कित्ते प्रावधान हट्ने, न्यूनत्तम् ५० कित्ता बनाइँदै

नेपाल धितोपत्र बोर्डले आईपीओमा १० कित्ते नीति हटाउने भएको छ। बोर्डले प्राथमिक बजारमा १० कित्ते प्रावधान हटाउँदै न्यूनत्तम ५० कित्ता पुर्‍याउने तयारी गरेको हो। केही समयअघि बाेर्डले यो प्रावधान हटाउने तयारी गरेपनि साना लगानीकर्ताहरूको विरोधका कारण निर्णय हुन सकेको थिएन। १० कित्ते नीतिले विकृति ल्याएको भन्दै प्रावधान हटाउन लागिएको हाे।

छोटकरी विशेष