नेपाल–भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्करहरुको समूहले गोली चलाएपछि जवाफी फायरिंगमा एक भारतीय नागरिकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाका अनुसार ४ जनाको संख्यामा रहेका तस्करहरुको समूहले प्रहरीमाथि गोली चलाएको हो । एक प्रहरीसमेत घाइते भएका छन्।