फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पुण्यप्रसाद पौडेल संयोजकत्वको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले दिएको प्रतिवेदनलाई आधार मान्दै मन्त्रिपरिषद्ले तालको क्षेत्रफल निर्धारण गरेको हो । तर, सार्वजनिक गरिएको क्षेत्रफलको विषयलाई लिएर सरोकारवालाले असन्तुष्टि जनाएका छन् ।


यही ५ फागुनमा बसेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवाताल सीमांकन तथा नक्सांकन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर (११,२५५ रोपनी ११ आना १ पैसा) कायम गर्ने निर्णय गरेको थियो । सो निर्णयले तालको वास्तविक क्षेत्रफल खुम्चिएको ताल अतिक्रमणविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका अधिवक्ता खगेन्द्र सुवेदीले बताए । 


दर्जन अध्ययन प्रतिवेदनमा फेवातालको क्षेत्रफल 

१ : ब्रिटिस सर्भे अफ इन्डिया सन् १९२५/१९२६ : ३.४६ वर्ग किलोमिटर 

२ : सर्भे अफ इन्डियाले सन् १९५७/१९५८ : ४.३९ वर्ग किलोमिटर

३ : नेपाल भारत सहयोग मिसनको रिर्पोट वि.सं. २०१८ : १०.३५ वर्ग किलोेमिटर 

 ४ : पहिलो किल्ला नापी (कित्ता न २९७) वि.सं. २०३२ : ४.४३ वर्ग किलोमिटर 

५ : नेपाल सरकार र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (undp) को अध्ययन प्रतिवेदन २०३८ : ५.८० वर्ग किलोमिटर 

६ : आइयुसिएनको अध्ययन रिपोट वि.सं. २०५२ : ४.४९ वर्ग किलोमिटर 

७ : जिल्ला विकास समिति कास्की वि.सं. २०५८ : ४.२५ वर्ग किलोमिटर 

८ : पोखरा उपत्यका नगरविकास समितिले वि.सं. २०६४ : ५.०६ वर्ग किलोमिटर

९ : विश्वप्रकाश लामिछानेको प्रतिवेदन वि.सं. २०६९ : ६.५ वर्ग किलोमिटर 

१० : भूमिसुधार मन्त्रालय वि.सं. : २०७२ : ५.०७ वर्ग मिलोमिटर 

११ : पोखरा महानगरपालिकाले वि.सं. २०७७ : ५.०८ वर्ग किलोमिटर 

१२ : फेवातालको सीमांकन प्रतिवदेन तयार पार्न गठित समिति २०७७ : ५.७२६ वर्ग किलोमिटर 


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।