चिनियाँ अदालतको ऐतिहासिक आदेश : पतिको घरको काम गरे वापत पत्नीलाई भुक्तानी गर्नु

बेइजिङको अदालतले एक व्यक्तिलाई विवाहको अवधिभर पत्नीले गरेको घरको काम वापद् भुक्तानी गर्न आदेश दिएको छ । जसअनुसार, ती महिलाले अब पाँच वर्ष बिना पारिश्रमिक घरको काम गरेकोमा ७ हजार ७०० डलर पाउने भएकी छन् ।

यस घटनापछि यतिबेला चीनमा इन्टरनेटभरि घरेलु कामको मूल्य सम्बन्धी ठूलो बहस चलेको छ । धेरैले सो क्षतिपूर्ति रकम एकदम कम भएको प्रतिक्रिया दिएका छन् । 


अदालतका अनुसार ‘छेन’ थर भएका ती पुरुषले गत वर्ष पत्नीसँग डिभोर्सका लागि मुद्दा दर्ता गराएका थिए । यसमा उनकी पत्नी पहिले डिभोर्स गर्ने पक्षमा थिइनन् । तर, पछि उनले छेनले घरका कामकाज, छोराको जिम्मेवारीमा कहिल्यै कुनै सहयोग नपुर्याएको भन्दै थप आर्थिक क्षतिपूर्तिका लागि अनुरोध गरेकी थिइन् । 


बेइजिङको फाङसान जिल्ला अदालतले उनको पक्षमा आदेश जारी गर्दै डिभोर्सपछिको गुजारा रकममा मासिक २ हजार युआन र विवाहको अवधिभरि उनले गरेका घरका कामकाजका लागि एकैपटक ५० हजार युआन तिर्न फैसला गरेको हो।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।