मंगल ग्रहबाट पहिलो एचडी तस्बिर सार्वजनिक, तस्बीरमा के छ ?

मंगल ग्रहमा रहेको नासाको ‘प्रिजरभरेन्स रोभर’ले अवतरण भएको क्षेत्रबाट १४२ वटा तस्बिर पठाएको छ । तिनै तस्बिरहरुलाई मिलाएर नासाले ३६० डिग्रीको पहिलो प्यारानोमा बनाएको छ । जसलाई एचडीमा देख्न सकिन्छ । के छ तस्बीरमा ? आउनुहोस्, जानौं ।

 ‘प्रिजरभरेन्स रोभर’ले हाल पृथ्वीबाहिरको अर्को ग्रह 'मंगल ग्रह' रोचक दृश्य र वातावरणको प्रत्यक्ष अनुभव गराइरहेको छ । उक्त यानमा जडान गरिएको जुम गर्न मिल्ने कलर क्यामेरा, ‘मास्टक्याम–जी’ उपकरणले सो अनुभव गराईरहेको हो।


प्रिजरभरेन्स रोभरले नेभिगेसन क्यामेराको प्रयोग गरी प्यारानोमा तस्बिर पनि पठाएको छ । यसमा जडान दुईवटा क्यामेरा एचडी फिचरयुक्त रहेका छन् । ती क्यामेरा ६ फिट अग्लो मान्छेको आँखाको स्तरमा रहेका छन् र ९.५ इन्च टाढाको दूरीमा छन् । यसले नै रोभरलाई विस्तृत दृश्य लिनमा मद्दत गरिरहेको छ ।


यो पहिलो एचडी (हाइ डेफिनेसन) तस्बिरमा ‘जेजेरो क्रेटर’लाई स्पष्टसँग देख्न सकिन्छ, जुन ३.९ अर्ब वर्ष पुरानो सुकेको ताल भएको क्षेत्र हो । नासाको यानले त्यहीँ आफ्नो अध्ययन र रिसर्च सञ्चालन गर्नेछ । यसमा आगामी दुई वर्षसम्म प्राचीन जीवनको संकेत खोजी गरिनेछ ।


सार्वजनिक तस्बिरमा क्रेटर रिम, प्राचीन नदि डेल्टा अनि चट्टान केही दूरीमा देख्न सकिन्छ । सो तस्बिर नासाका अन्य यानले विगतमा पठाएकोभन्दा धेरै फरक भएको बताइएको छ ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।