भारतमा सामाजिक सञ्जाल कम्पनीहरुले अवैध सामग्रीलाई २४ घण्टा भित्र हटाइसक्नुपर्ने

भारतले सोसल मिडिया फर्म : फेसबुक गुगल, स्ट्रिमिङ सेवा जस्तै नेट्फ्लिक्स अमेजोनका साथै डिजिटल न्युजका सामग्री नियन्त्रण गर्न पहिले भन्दा कडा नयाँ नियम ल्याउने घोषणा गरेको छ, जसअनुसार अवैध सामग्रीलाई २४ घण्टा भित्र हटाइसक्नुपर्ने बताइएको छ।

भारतको आइटी कानुन एवम् न्याय मन्त्री रवि शंकर प्रसादले विशेषगरी संवेदनशील पोस्टहरु जस्तै: ड्रग्स दुरुपयोग, घृणात्मक सन्देश फैलाउने, यौन उत्पीडन, हिसा, जातीय विभेदका सामग्रीलाई २४ घण्टा भित्र हटाइसक्नुपर्ने बताएका छन् ।


त्यस्तै प्राविधिक कम्पनीहरुले तत्कालै सम्बोधन गर्नुपर्ने चिन्ताजनक सामग्रीहरु विरुद्ध प्रभावकारी कदम उठाउन प्रमुख अनुपालन अधिकारी, नोडल सम्र्पक अधिकारी र ‘रेसिडेन्स ग्रीभेन्स अफिसर’ नियुक्त गर्न पनि भनिएको छ ।


नयाँ नियम अन्र्तगत सोसल मिडिया फर्महरुले विवादास्पद या आपत्तिजनक सामग्री पोस्ट गर्ने प्रयोगकर्ताको पहिचान खुलाउनु पर्ने हुन्छ । विवादास्पद सामग्रीका बारेमा नभनेपनि सबैभन्दा पहिले गलत सूचना फैलाउन सुरु गर्ने प्रयोगकर्ताबारे खुलासा गर्नुपर्ने हुन्छ । 


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।