संकटकालको हल्लाले सेयर बजारमा ११३ अंकको उतारचढाव, ‘ठूला लगानीकर्ताले फाइदा उठाए’

काठमाडौं। मंगलबार सेयर बजारमा तीब्र उतारचढाव देखिएको छ। नियमित कारोबार खुलेको सुरुआती समयमा २५ अंकसम्म बढेको बजार त्यसपछि भने दिनैभर रातै भयो।

तर एक समय ८८ अंक सम्म घटिसकेको बजारमा १ बजेपछि भने सुधार देखिएयो । यद्यपि सकारात्मक भने हुन सकेन । घट्ने अन्तर कम हुँदै गएर अन्तिममा २१ अंकले घटेर बन्द भयो।

सोमबार २६०७ विन्दुमा रोकिएको बजार सूचक मंगलबार २५८६ विन्दुमा आइपुगेको छ। कुनै समय १२ अंकले घटिसकेको सेन्सेटिभ इन्डेक्स समेत अन्तिममा २ अंकले मात्रै घटेर ४६७ विन्दुमा बन्द भएको छ।

यसक्रममा व्यापार समूह २६ अंकले बढ्नुबाहेक सबै उपसूचकहरु ऋणात्मक भएका छन्। उत्पादन समूह ९५ अंकले घट्दा निर्जीवन बीमा समूह ५२ अंक र अन्य समूह ५१ अंकले घटेको छ।

सोमबार प्रधानसेनापति र प्रधान न्यायाधिशको भेट भएको थियो। त्यसको भोलिपल्टै (मंगलबार) राष्ट्रिय सुरक्षा परिषदको समेत बैठक बस्यो ।यसैलाई जोडेर सरकारले देशमा संकटकाल लगाउन सक्ने हल्ला बाहिरिएपछि लगानीकर्ताको मनोविज्ञान कमजोर भएको थियो।

संकटकाल लाग्दै छ भन्ने हल्ला सामाजिक सञ्जालमा यसरी फैलियो की सुरुमा २५ अंकसम्म बढेको बजार एकाएक घट्न थालेको थियो । त्यसपछि ब्रोकर हाउसले पनि संकटकाल लाग्न सक्ने हल्लालाई बलियो आधार दिएपछि बजार थप ओरालो लागेको थियो।

तर ठूला खेलाडीहरुले बजार घटेको मौकालाई भरपुर सदुपयोग गरेको बजार विश्लेषकहरु बताउँछन्। बजार घटेर तीन महिनाअघिको मूल्यमा सेयर किन्न पाएपछि एक बजेपछि खरिद चाप बढेको विश्लेषकहरुको भनाइ छ।

एक समय चारवटाबाहेक सबै कम्पनीको सेयर मूल्य घटिसकेकोमा बजार बन्द हुने बेलासम्ममा ४६ कम्पनीको सेयर मूल्य बढेको छ।

नेपाल फाइनान्स, हिमालयन पावर पार्टनर, लिवर्टी इनर्जी र अपी पावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। दोस्रो बजारमा सूचीकरणपछि लगातार एक हप्तासम्म सकारात्मक सर्किट लागेर प्रतिकित्ता ६६० रुपैयाँ पुगेको निफ्राको सेयर मूल्य मंगलबार भने १० प्रतिशत (६६ रुपैयाँ) ले घटेर सर्किट लाग्यो । यस्तै, आँखु खोला जलविद्युतको पनि ६ प्रतिशत र युनिलिभर नेपालको ५ प्रतिशतले मूल्य घटेको छ।

मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीमा भने निफ्रा नै रह्यो । यसको करिब ७४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै माथिल्लो तामाकोशीको ४३ करोड, नबिल बैंकको ३७ करोड, एनआइसी एसियाको ३१ करोड र ग्लोबल आइएमई बैंकको २९ करोड रुपैयाँको सेयर किनबेच भयो।

मंगलबार २०५ कम्पनीको आठ अर्ब ५६ करोड रुपैयाँ बराबरको एक करोड ७७ लाख कित्ता सेयर किनबेच भए। जसमध्ये ४६ कम्पनीको मूल्य बढ्दा ११ कम्पनीको मूल्य स्थिर रह्यो भने बाँकी सबैको सेयर मूल्य घटेको छ।

सम्बन्धित सामग्री

सेयर बजार २६०० अंकभन्दा माथि, तीव्र उतारचढावका बीच अन्तिममा १५ अंकले बढ्यो बजार

काठमाडौं। बजारमा तीव्र उतारचढावका बीच मंगलबार नेप्से सूचक १५ अंकले बढेर बन्द भएको छ। नेप्से सूचक २६३० अंकसम्म पुगे

बीजमांडू

साताको अन्तिम कारोबार दिन १६ अंकले घट्यो सेयर बजार, ८ अर्बभन्दा बढीको कारोबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन उतारचढावकाबीच सेयर बजार १६ अंकले ओरालो लागेको छ। २५६४ अंकसम्म उचालिएको बजार कारोबार बन्द

बीजमांडू

सेयर बजारमा बल्ल सुरु भयो करेक्सन, सूचक घटेसँगै कारोबार रकम पनि घट्न थाल्यो

काठमाडौं। मंगलबार सेयर बजारमा दोहोरो अंकको करेक्सन देखिएको छ। लगातार उकालो लागेको बजारले मंगलबार पनि सुरुआती समयमा २५८५ अंकसम्मको उचाई

बीजमांडू

हप्तैभरी उतारचढाव आएको बजारमा १०० अंकको गिरावट, अन्तिम दिन ८ अंकले बढ्यो बजार

काठमाडौं। हप्तै भरी निकै उतारचढाव देखिएको सेयर बजार एक सातामा १०० अंकले घटेको छ। साताको अन्तिम दिन भने ८

बीजमांडू

सुरुवातमा तीव्र उतारचढाब देखिएको नेप्से ७२ अंकले बढ्यो

काठमाडौं । साताको दोसो दिन सोमबार सुरुवात समयमा तीव्र उतारचढाव देखिएको सेयर बजार अन्त्यमा उच्च अंकको

बाह्रखरी

करिब ७ अर्ब रुपैयाँको सेयर कारोबार, ५० अंकको उतारचढाव, बैंकिङले जोगायो बजार

काठमाडौं। छोटो समयका लागि १८०० अंक नाघेको सेयर बजारमा लगानीकर्ता नाफा सुनिश्चिततातिर लाग्दा तीव्र उतारचढाव देखिएको छ। बजारमा ५० अंकको

बीजमांडू