दुर्घटनाका घाइतेको प्रदेश प्रमुखले गरे उद्धार

११ फागुन, जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमहा जंगलमा मोटरसाइकल दुर्घटनामा घाइते भएका ४ जनालाई प्रदेश प्रमुख राजेश अहिराजले उद्धार गरी अस्पताल पठाएका छन् ।

लमहा जंगलको लच्कानजिकै बीआर ३० जे ९३९७ नम्बरको भारतीय र ना ५६ प ७३६५ नम्बरको नेपाली मोटरसाइकल ठोक्किदा जीतबहादुर पहरी, सुरज पहरी, विकास यादव, चित्ररेखा यादव घाइते भएका थिए ।

जंगलमा भएको दुर्घटनामा समयमै उद्धार हुन नसकेका उनीहरुलाई सोही बाटो बाराको जीतपुर जाँदै गरेका प्रदेश प्रमुख अहिराजले उद्धार गरेर अस्पताल पठाएका इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

एक कार्यक्रममा सहभागी हुन मंगलबार जीतपुर जाँदै गरेका प्रदेश प्रमुख अहिराजले मोटरसाइकल दुर्घटना भएको र घाइतेहरु छटपटाइरहेको देखेपछि स्कर्टिङमा रहेको गाडी रोक्न लगाएर उद्धारमा लागेका थिए ।

घाइतेहरुलाई रौतहटको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारका लागि पठाइएको प्रदेश प्रमुख अहिराजले बताए ।

‘हामी गइरहँदा दुई वटा मोटरसाइकल लडेको र व्यक्तिहरु छटपटाइरहेका देख्यौं’ उनले भने, ‘लगत्तै हामीले गाडी रोकेर उनीहरुको उद्धार गरी अस्पताल पठाएका हौं ।’

सम्बन्धित सामग्री

सवारी दुर्घटनाका घाइतेको प्रदेश प्रमुख अहिराजद्वारा उद्धार

प्रदेश २ का नवनियुक्त प्रमुख राजेश अहिराजले सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरेका छन् । अहिराजले

नयाँ पत्रिका

दुर्घटनामा परेर सडकमा ढलेका घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार

काठमाडौं : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले सडक दुर्घटनामा घाइते भएका ४ जनाको उद्धार गरेका छन्। झा ले ‘नागरिकको सुरक्षा मेरो पहिलो जिम्मेवारी’ भन्दै जनकपुरबाट जितपुर जाने क्रममा निजगढ जङ्गलमा सडकमा दुर्घटनामा परि छ्ट्पटाइ रहेका ४ जनालाई अस्पताल पठाएका हुन्। उनले दुर्घटनामा परेको देख्ने वित्तिकै

पहिलो पोस्ट

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

७ माघ, जनकपुरधाम । महोत्तरीमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । गौशाला नगरपालिका-१ स्थित रेल्वे ट्र्याक नजिक ज१२प २७३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दु्र्घटना हुँदा मोटरसाइकलको बीचमा …

अनलाइनखबर

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

जनकपुरधाम : सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। सर्लाहीको बरहथवाबाट नयाँ रोडतर्फ जाँदै गरेको बिआर ३० आर १७४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ३८ प ८०७४ नम्बरको मोटरसाइकलसँग नगरपालिका ६ मा ठोक्किएको प्रहरीले जानकारी दिएको छ। उक्त

पहिलो पोस्ट

दाङमा सवारी दुर्घटना, १ को मृत्यु, २ घाइते

९ वैशाख, दाङ । दाङको लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लमही नगरपालिका–७, बनघुस्रीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नंको …

अनलाइनखबर

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

काठमाडौं । लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।      वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित ...

नेपाल आज

लमहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु :: Pahilopost.com

घोराहीः लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। वेलाबाट गढवातर्फ आउँदै गरेको रा ३ प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। चौधरीको उपचारको क्रममा

पहिलो पोस्ट

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

सिन्धुली : बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका –४ ढुंग्रेवासमा शुक्रवार राति तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। सिन्धुली गढी तर्फबाट सिन्धुलीमाढी आउदै गरेको बा५६प ७१९१ नम्बरको मोटरसाइकल  अनियन्त्रित भई दुर्घटना हुँदा कमलामाई...

थाहा खबर