दुर्घटनामा परेर सडकमा ढलेका घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार

काठमाडौं : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले सडक दुर्घटनामा घाइते भएका ४ जनाको उद्धार गरेका छन्।

झा ले ‘नागरिकको सुरक्षा मेरो पहिलो जिम्मेवारी’ भन्दै जनकपुरबाट जितपुर जाने क्रममा निजगढ जङ्गलमा सडकमा दुर्घटनामा परि छ्ट्पटाइ रहेका ४ जनालाई अस्पताल पठाएका हुन्।

उनले दुर्घटनामा परेको देख्ने वित्तिकै आफ्नो गाडी रोक्न लगाई घाइतेलाई गाडीमा राखेर चपुरको अस्पतालमा आफ्नो सुरक्षाकर्मीसहित पठाएका हुन्। नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै सेवा नहुने प्रदेश प्रमुख झाले बताए।

शुक्रवार प्रदेश प्रमुख नियुक्त भएका झाले आइतवार पदभार ग्रहण गरेका थिए। कार्यालयमा पृथ्वीनारायण शाहको पूर्ण कदको तस्विर राखेको भन्दै उनको सामाजिक सञ्जालमा चर्चा छ।

सम्बन्धित सामग्री

सवारी दुर्घटनाका घाइतेको प्रदेश प्रमुख अहिराजद्वारा उद्धार

प्रदेश २ का नवनियुक्त प्रमुख राजेश अहिराजले सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरेका छन् । अहिराजले

नयाँ पत्रिका

दुर्घटनाका घाइतेको प्रदेश प्रमुखले गरे उद्धार

११ फागुन, जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमहा जंगलमा मोटरसाइकल दुर्घटनामा घाइते भएका ४ जनालाई प्रदेश प्रमुख राजेश अहिराजले उद्धार गरी अस्पताल पठाएका छन् । लमहा जंगलको लच्कानजिकै बीआर ३० जे ९३९७ नम्बरको भारतीय र …

अनलाइनखबर

रोल्पा नेर्पा निवासी सन्देश थापाको दुर्घटनामा निधन

रोल्पा । त्रिवेणी ५ नेर्पा निवासी २६ वर्षीया सन्देश थापाको मङगलबार राती सडक दुर्घटनामा परी ज्यान गएको छ । साँझ साढे ८ बजेतिर आफैले चलाउने बा ३ ख ८२१७ नम्बर मिनी ट्रक जुगार नुवागाउ सडकमा पर्ने गोइतिबाङ नजिक दुर्घटनामा परेको थियो । दुर्घटनामा थापा गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि तुलसीपुर प्रादेशिक अस्पताल …

राजधानी दैनिक

कर्णाली सरकारले लियो सडक दुर्घटनाको घाइतेका उद्धार र उपचारको जिम्मा

सुर्खेत : कर्णााली प्रदेश सरकारले सडक दुर्घटना परेकाहरुको उद्धार गर्ने भएको छ। आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सडक दुर्घटनामा परेकालाई उद्धार गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालले जानकारी दिए। मन्त्री ज्वालाले कर्णालीमा सडक दुर्घटना बढी हुने भएकाले पनि सरकारले सडक दुर्घटनाहरुमा परेका...

थाहा खबर

धादिङमा खाद्यान्‍न बोकेको मिनीट्रक दुर्घटना, एकको मृत्यु, ७ जना घाइते

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका ४ आरनभन्ज्याङस्थित ग्रामीण सडकमा मिनीट्रक दुर्घटना भएको छ। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। दुर्घटनामा पर्नेहरु बजारमा किनमेल गरेर मिनीट्रकमा चढेर घर फर्कंदै थिए। दुर्घटनामा पर्ने सबै महिला रहेकाे बुझिएकाे छ।  पृथ्वी राजमार्...

थाहा खबर

दुर्घटनाका घाइतेको उद्धार विधि कमजोर

दुर्घटनामा परेका घाइतेको उद्धार संयन्त्र प्रभावकारी बनाउन सडक सुरक्षा अभियान्ताहरूले आग्रह गरेका छन् । नेपाल अटोमोबाइल्स एसोसियसन (नासा) प्रदेश नम्बर ३ ले नारायणगढमा शनिबार आयोजना गरेको सवारी दुर्घटनामा परेकाको उद्धारका लागि स्वयंसेवा तालिममा उनीहरूले सडक सुरक्षा सुधार गर्न तीनै तहका सरकारले कदम चाल्नुपर्ने सुझाएका छन् ।

कारोबार दैनिक

मुस्ताङमा टिपर दुर्घटनाः २० जनाको शव पोखरातर्फ :: Pahilopost.com

फलेवास: हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनाका २० जनाको शव पोखरा पठाइएको छ।  मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँच शव पोखरा पठाइएको हो। दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ

पहिलो पोस्ट

जहाज दुर्घटनाका मृतकको शव पहिचान गर्न अझै केही दिन लाग्ने

काठमाडौं : सोमबार विमान दुर्घटनामा परेर ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। मृतक सबैको त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। मंगलबारदेखि मृतकको शवलाई पोष्टमार्टमबाट परिवारलाई बुझाउने कार्य भइरहेको छ। हालसम्म ३ वटा शव मात्र पहिचान भए पनि धेरै शवहरु पहिचान गर्न अफ्ठ्यारो भइरहेको र त्रिवि शिक्षण अस्पतालका फ...

Thaha Khabar