खुलामञ्चका टहरा हटाउन डोजर चल्यो

दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेसँगै काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । यसअघि त्यहाँ संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्रीहरू वासरल्ल अवस्थामा थिए।

महानगरले बुधबार बिहान डोजर लगाएर खुलामञ्चका टहराहरू भत्काएएको हो । उपमेयर हरिप्रभा खड्गीले तत्काललाई बसपार्क मात्र रहन दिने गरी खुलामञ्च खाली गर्न लागिएको बताइन् ।


दरबार हाइस्कुल पुनर्निर्माणमा खटिएका चिनियाँ ठेकेदार र वीर अस्पतालले बनाएका संरचना भत्काइएका हुन् । खड्गीका अनुसार काठमाडौं भ्युटावर बनिसकेपछि बसपार्क पनि पुरानै ठाउँमा सारेर खुलामञ्चलाई पहिलेकै स्वरूपमा ल्याइनेछ ।


केहि समयअगाडी ‘अकुपाइ टुँडिखेल’का अभियन्ताले खुलामन्च लगायत टुँडिखेलका मिचिएका संरचना खाली गर्न काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएका थिए।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।