केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेविसंघका पूर्व सभापति नैनसिंह महरलगायतका नेता सहभागी कार्यक्रममा नियोजित रुपमा ढुंगामुढा प्रहार भएको कांग्रेसको आरोप छ ।
मंगलबार डिलासैनी गाउँपालिका-३, पनसेरामा आयोजित सभा ढुंगा प्रहार भएको हो। उक्त ढुंगामुढाबाट केही सवारी साधनमा समेत क्षति पुगेको भन्दै भन्दै नेपाली कांग्रेसले घटनामा संलग्न दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग समेत गरेको छ ।
आक्रमणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहानमा परी केहि नेता तथा कार्यकर्ताहरू घाइते भएका छन् । प्रहरी भने झडपपछि मात्रै उक्त स्थलमा पुगेको बताइएको छ।