भ्यालेन्टाइन डे : सेलीब्रेटी कलाकार,लेखकका प्रेम किस्साहरू

आज प्रणय दिवस। सामान्यभन्दा दिनभन्दा प्रेमिल जोडीहरू एक-अर्काको फोटो सेयर गर्दै सामाजिक सञ्जालमा ‘रोमान्टिक मुड’मा प्रस्तुत भएको देखियो। नेपाली कला,साहित्य एवं मनोरञ्जन क्षेत्रका सेलिब्रेटीहरू समेत यसबाट अछुत रहने कुरै भएन। प्रस्तुत छ उनीहरूको प्रेम किस्साहरू :

हरेक वर्षको फेब्रुअरी १४ मा संसारका विभिन्न भागमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ । विश्वव्यापीकरणको प्रभावसँगै केही वर्षयता यो दिवस नेपालमा पनि भित्रिएको छ । विशेषगरी युवापुस्ताले यसको अनुशरण गरेको पाइएको छ । 


राज्य सञ्चालन व्यवस्थाप्रति व्यंग्य गर्दै विवेकशील साझा पार्टीका युवायुवतीले प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाएका छन् । ललितपुरको कृष्ण मन्दिर प्राङ्गणमा आइतबार उपस्थित विवेकशील साझा पार्टीका युवायुवतीले प्रधानमन्त्री केपी ओलीलाई विधिविधानअनुसार चल्न पनि सचेत गराए ।


प्रणय दिवसमा महिला पुरूषको मात्र होइन लैगिङ्ग अल्पसंख्यकको मायालाई पनि सम्मान गरौं भन्दै युवाहरुले कृष्ण मन्दिरको प्राङगणमा सांगितिक प्रस्तुती र कविता वाचन गरिएको हो।


प्रदीप र सरस्वतीको जीवनमा क्षितिज अपूर्व प्रेमको हिस्सा बनेकी छन् । निस्सा बनेकी छन् । क्षितिजको अवस्था अस्वाभाविक छ । हिँड्डुल गर्न सक्दिनन् । बोलचाल गर्न सक्दिनन् । ज्ञवाली दम्पतीको अथक मिहेनत र प्रेमले उनले मुस्किलले आठ–नौवटा कुरा बुझ्न र प्रतिक्रिया जनाउन सक्छिन् । 


सुनील ज्यादै कम बोल्छन् । निशा पनि यही मान्छिन् । सुनीलले तारिफमा खासै शब्द नखर्चने निशाको गुनासो छ । सुनील आफ्नो मनको कुराहरु त्यति खुलेर पोख्दैनन् । किनभने, उनी मुखले बोल्नुभन्दा हाउभाउ र अन्य कुराले बुझ्नुपर्छ भन्ने कुरामा विश्वास राख्छन्।


आज माया गर्ने जोडीहरुका लागि उत्सवको दिन । अर्थात प्रणय दिवस । माया साटासाट गर्ने दिन । धेरैका धेरै ‘प्लान’हरु होलान् आजलाई । त्यसो भए सामाजिक अभियन्ता तथा कलाकारद्वय धुर्मुस–सुन्तली (सीताराम कट्टेल–कुञ्जना घिमिरे)को योजना के छ ? 


हृदयेश्वर !  असीम प्रेम ।

मलाई गोकुलमा एक्लै बनाएर द्वारका प्रवेश गर्नुभएको पनि वर्षौँ भइसकेछ । राधाविनाको कृष्णलाई सम्हाल्न द्वाराकमा रुक्मिणी त होलिन्, किन्तु यहाँ कृष्णविना राधाको के गति भएको होला ?


उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ। हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै। अचेल सूर्यमुखी मलाई देखेर पनि देख्दिन, चिनेर पनि चिन्दिन। तर मभित्र भने रही-रही एउटा सूर्यमुखी फक्रिन्छ-ओइलिन्छ-झर्छ, फक्रिन्छ-ओइलिन्छ-झर्छ। कहिलेकाहीँ यस्तो लाग्छ, बाटामा गइरहेकी सूर्यमुखीका दुवै पाखुरा समातेर भनूँ- 'सूर्यमुखी, तँ अझै मेरो हृदयको गमलामा ताजै छेस्। नमार् आफ्नो प्रतिभालाई!'


‘बिकनी किलर’को नामबाट प्रख्यात चार्ल्स शोभराज आफ्नो अपराधको कारण जति कुख्यात रुपमा चिनिन्छन् उति नै उनको प्रेम प्रसंगका किस्सा चर्चित छ। 


२००७ सालतिरको कुरा हो। काठमाडौंमा प्रवासी नेपाली विद्यार्थी सम्मेलन हुने भयो। रत्ना १० कक्षा पढ्दै थिइन्। स्कुलका कार्यक्रम र पत्रपत्रिकामा सक्रिय थिइन्। उनलाई पनि सम्मेलनमा सामेल गरियो।


अर्जुन र दुर्गाले गत १९ असारमा विवाह गरेका हुन् । कोरोनाको कहरको समय भएकाले पनि उनीहरूले सीमित व्यक्तिको उपस्थितिमा बूढानीलकण्ठ मन्दिरमा एकअर्काेलाई जीवनभरको साथी अर्थात् पतिपत्नीका रूपमा स्वीकारेका थिए ।


वैवाहिक एवम् प्रेम सम्बन्धमा बाँधिएका कलाकार, गायक-गायिकासम्मले आफ्नो प्रेमी-प्रेमिकासँगको फोटो सेयर गर्दै प्रेमिल शब्दमा उनीहरूको बयान गरेका छन्। 


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।