भातको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १९ जनाको मृत्यु भएको छ। घटनामा परी २ सयभन्दा बढी बेपत्ता भएका छन्। विज्ञहरूले घटनाको कारण तापक्रम वृद्धि भएकाे हुनसक्ने बताएका छन्।
भारतकाे उत्तराखण्डमा हिम पहिराे गएकाे छ। आइतबार हिमपहिराेमा परी इलाकामा थुप्रै क्षति भएकाे छ।
हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुल, सडक र दुईवटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ भने १९ जनाको मृत्यु भएको छ। घटनामा परी २ सयभन्दा बढी बेपत्ता भएका छन्।
विज्ञहरूले आइतवारको घटनाको कारणमध्ये सबभन्दा प्रबल सम्भावनाका रूपमा तापक्रममा आएको वृद्धि भएकाे हुनसक्ने बताएका छन्।