वार्षिक प्रतिवेदन पेश नगरेकाे भन्दै नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बिमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार रोक्का गरेकाे छ। आजै नेप्से परिसूचक अहिलेसम्मकै उच्च स्थानमा पुगेकाे छ। त्यस्तै नेप्सेमा टि प्लस टु लागू भएकाे छ।
स्टक एक्सचेञ्जले बैंक तथा वित्तीय संस्थाहरू तर्फ कालिका लघुवित्तसहित नेशनल माइक्रोफाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको हाे। त्यस्तै बिमा, जलविद्युत् कम्पनी लगायतका कम्पनीहरूकाे काराेबार राेक्का गरिएकाे हाे।
आजै नेप्से परिसूचक अहिलेसम्मकै उच्च स्थानमा पुगेकाे छ। आइतबार ४६ अंकले बढेको सेयर बजार सोमबार ३७ अंक भन्दा धेरैले बढेको हाे। आज प्रभु बैंककाे काराेबार सर्वाधिक भएकाे छ।
नेप्सेमा टि प्लस टु लागू भएकाे छ। टि प्लस टु लागू भएसँगै शेयर काराेबारकाे राफसाफ चक्र दुईदिनमै हुनेछ। धिताेबाेर्डले १ महिना पहिले टि प्लस टु राफसाफ प्रणालीलाई बोर्डको स्वीकृति दिएकाे थियाे।