छोटकरीमा : फेवातालबाट ६ करोड लिटर पानी बहेर गयो..! (भिडियोसहित)

हिजोआज पोखरा आउने अधिकांश पर्यटक पोखराको प्रमुख पर्यटकीयस्थल फेवातालको स्वरूप देखेपछि अचम्ममा पर्ने गरेका छन्। ताल फोटो तथा भिडियोमा देखिने जस्तो स्वरुपमा छैन। जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीका अनुसार तालबाट सोमबारसम्म ५ करोड ८० लाख पानी बगाइसकिएको छ। फेवा तालको पानी किन बगाईदै छ ?

बाँध तथा नहर निर्माण गर्न भन्दै फेवातालको पानी एक मिटर घटाइएको हो। जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीका अनुसार तालबाट सोमबारसम्म ५ करोड ८० लाख पानी बगाइएको छ ।


कार्यालयले सुरुमा २ मिटरसम्म पानी घटाउने लक्ष्य राखे पनि एक मिटरमै बाँधको ढोका बन्द गरेको हो । फेवातालबाट ठूलोमात्रामा पानीको सतह घटेकाले अहिले तालको आधा भागसम्म दलदल र माटोको लेदो जम्मा भएको छ । ठूलो मात्रामा पानीको सतह घटेपछि अहिले फेवातालको धेरै भाग बगर जस्तै देखिन पुगेको छ ।


फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको सहयोगमा पहिलो पटक ४६ फिट बाँध निर्माण गरिएको थियो । बाँध बाँधेर कुल १५ हजार रोपनी क्षेत्रफलमा सिंचाइका लागि नहर निमाण गरिएको थियो । पछि उक्त बाँध २०३१ सालमा बाँध फुटेर गएको थियो ।

पछि २०३४ कात्तिक १८ गते पुनः नयाँ बाँधको शिलान्यास गरिएको थियो । उक्त बाँध संयुक्त राष्ट्र संघको सहयोगमा निर्माण गरिएको हो । उक्त बाँध निर्माण कार्य २०३५ सालमासम्पन्न भएको थियो । ३५ सालमा बाँध निर्माण भएयता हालसम्मकै सबैभन्दा ठूलो मर्मतसम्भार गर्न लागिएको हो ।


जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका अनुसार बाँध निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ । जसमध्ये १ करोड रुपैयाँ बाँध मर्मतका लागि र १ करोड रुपैयाँ विनियोजन भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिएका छन् ।


मर्मतका लागि भन्दै एक्कासि पानी सुकाएको भन्दै जलारीहरू असन्तुष्ट बनेका छन् । आफूहरूलाई खबर नगरी पानी सुकाउँदा धेरै माछा मरेको र केही माछा बगेर गएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् ।


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक