कोरोना भ्याक्सिन कसले लगाउने कसले नलगाउने ?

१८ वर्ष माथिका सबैले कोरोना विरुद्धको खोप लगाउन सकिन्छ।  मुटु रोग मधुमेह र अन्य दीर्घ रोगका बिरामीले पनि  जीवनरक्षाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन सकिन्छ। खोपको पहिलो मात्राले असर र एलर्जी भयो भने पनि अर्को डोज लगाउनुहुँदैन।  ज्वरो आएको बेला, रक्तश्रावसम्बन्धी समस्या भएका व्यक्ति, रगत पातलो बनाउने औषधि सेवन गर्ने व्यक्ति, गर्भवती हुन इच्छुक महिला, गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिला, गम्भीर कोरोना संक्रमित, सिकिस्त बिरामी लगायतले पनि यो खोप नलगाउन उत्पादक कम्पनीले सुझाएका छन्।  १८ वर्ष भन्दा कम उमेरका लाई पनि खोप लगाउन सिफारिस गरिँदैन।  

खोप लगाएको ३ देखि ६ हप्तामा मात्रै अर्को मात्रा लिनुपर्छ। दोस्रो मात्रा लगाएको ४ हप्तापछि शरीरमा एन्टिबडी बन्न थाल्छ।  त्यो भन्दा पहिले जनस्वास्थ्यका मापदण्ड अपनाउनु पर्दछ। अन्यथा आफू र अरुलाईलाई सुरक्षित राख्न थप चुनौती देखिन पनि सक्छ।  दोस्रो मात्राको खोप सोही कम्पनीको लगाउनुपर्छ जुन पहिलो मात्रामा लगाइएको छ।  

हाल बजारमा आएका खोपहरुको प्रभावकारिता, तिनका असर लगायतका बारेमा निक्र्यौल गरेरै भन्न नसकेपनि अनुमोदित सबै खोपहरु संक्रमणको विरुद्धमा ९० प्रतिशत माथि नै प्रभावकारी पाइएका छन्। जुन निकै सकारात्मक पक्ष हो।  

खोपका असरहरु कसरी थाहा पाउने ?

सबैभन्दा पहिले त खोप लगाउँदा आफ्नो शारीरिक स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग परामर्श गरेर उनीहरुकै प्रत्यक्ष निगरानीमा खोप लगाउनुपर्छ। तर खोप लगाइसकेपछि त्यसले आफ्नो शारीरिक स्वास्थ्य अनुकुल प्रतिक्रिया देखाउँछ कि विपरित भन्ने कुरामा ध्यान दिनु आवश्यक छ। खोप लगाइसकेपछि स्वासप्रश्वास प्रणालीमा समस्यामा देखियो,जस्तै घाँटी अठ्याएजस्तो अनुभव हुनु, श्वास फेर्दा छोटो भएजस्तै वा घ्यारघ्यार हुनु, खोकी लाग्नु, वाकवाकी, वान्ता, पखाला तथा पेट दुख्नु, रिंगटा लाग्नु, बेहोश हुनु, मुटुको धड्कन तथा नाडी तीव्र गतिमा चल्नु, लगायतका नकारात्मक प्रतिक्रिया देखिन सक्छन्।  कसैकसैलाई जीउभरि फोका उठी चिलाउने तथा ओठ र अनुहार एवं घाँटी सुन्निने पनि हुन सक्छ। यी यस्ता समस्या देखिएमा आफूले परामर्ष गरिरहेको चिकित्सकसँग सल्लाह दिने र नजिकैको स्वास्थ्य संस्थामा गइहाल्नुपर्छ।  

तर, यहाँ बुझनैपर्ने कुरा के हो, भनेजसरी कोरोनाका लक्षण र प्रभाव मानिस अनुसार फरक फरक हुन्छ त्यसैगरि खोपको असर पनि फरक हुन सक्छ। कसैलाई खोपले गम्भीर खाले समस्या देखिन सक्छ त कसैलाई सामान्य। यद्यपी हालसम्म खोप लगाएपछि गम्भीर असर परेको घटना  पाइएको भने छैन।  विशेषत  खोप बजारमा ल्याई प्रयोगमा ल्याउनुपूर्व नै धेरै चरणमा क्लिनिकल परिक्षण गरिएको हुन्छ। जसले गर्दा डराइहाल्नुपर्ने हुन्न। खोपका असर सामान्य देखिएका छन् जुन सामान्य हो। तसर्थ ढुक्क भएर खोप लगाउन सकिन्छ। तर खोप लगाइसकेपछि एन्टीबडी बन्न ४ सातासम्मको समय लाग्ने भएकाले सो अवधिभर भने स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा अपनाउनै पर्छ।

 

 

प्रकाशित: २५ माघ २०७७ १७:५५ आइतबार

कोरोना भाइरस कोभिड भ्याक्सिन

सम्बन्धित सामग्री

कांग्रेस सभापति देउवाले निजामति अस्पताल पुगेर लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप लगाएका छन्। सभापति देउवाले बुधवार निजामति अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका हन्। उनले फेसबुकमा पोस्ट गर्दै सो जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘आज मैले पनि निजामति अस्पताल पुगेर कोभिड-१९ भ्याक्सिन लगाएँ। आफ्नो पालोअनुसार कोरोनाविरुद्धको खोप लगाउन म तपाईंहरुसँग पनि

पहिलो पोस्ट

सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउनुभयो (फोटो फिचर)

सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाउनुुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुगेर आज उहाँले कोरोनाविरुद्धको पहिलो खोप लिनुभएको हो । पूूर्वप्रधानमन्त्रीद्वय पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुुमार नेपालले पनि आजै बिहान उक्त केन्द्रमा पुुगेर खोप लगाउनुुभयो ।

गोरखापत्र

कोभिड-१९ खोप 'कसले लगाउन हुन्छ, कसले लगाउन हुँदैन?' - BBC News नेपाली

नेपालमा सरकारले फागुन २३ गतेदेखि ५५ वर्षमाथिका नागरिकलाई पनि कोभिड-१९ विरुद्धको खोप दिने तयारी गरिरहेको छ। तर बढी उमेर भएका र कुनै किसिमको रोगको औषधि प्रयोग गरिरहेका मानिसले खोप लगाउन मिल्ने हो वा होइन भन्ने विषयमा भने धेरैमा संशय देखिन्छ।

बीबीसी नेपाली

'अब समुदायस्तरमै खोप अभियान'

काठमाण्डाै - कोरोना भाइरसविरुद्धको खोप अभियान प्रभावकारी रुपमा अगाडि बढिरहेको छ । सबैभन्दा राम्रो पक्ष भनेको खोप लगाएकामध्ये अहिलेसम्म कसैलाई पनि गम्भीर स्वास्थ्य समस्या देखिएको छैन । केहीलाई भने सामान्य खालका असर देखिएका छन्  ।    ५५ वर्षमाथिका सबैलाई आउँदो फागुन २३ गतेदेखि खोप लगाउने तयारी भइरहेको छ । ...

उज्यालो अनलाइन

टेकुमा ८० वर्षीय व्यक्तिले लगाए कोरोना खोप

१४ माघ, काठमाडौं । टेकुमा ८० वर्षका व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् । टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले कोरोनाविरुद्धको खोप लगाएका हुन् । उनी कोरोनाविरुद्धको खोप लगाउने सम्भवतः सबैभन्दा जेष्ठ नागरिक हुन् । सरकारले आजबाट …

अनलाइनखबर

भारतमा गर्भवती, सुत्केरी तथा एलर्जीकाे समस्या भएकालाई खाेप नलगाउन आग्रह

काठमाण्डाै - कोभिड-१९ विरुद्धको खोप  लगाएका केहीमा स्वास्थ्य समस्या देखिएपछि भारतमा खोप लगाउन निश्चित सर्त तोकिएको छ । कोभ्याक्सिन खोप उत्पादन गरेको भारतको बायोटेक कम्पनीले खोप लगाउन सर्त तोकेको हो । कम्पनीले एलर्जी हुने, ज्वरो आएका, रगत पातलो बनाउने औषधि खाइरहेका र रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि खाइरहेका...

उज्यालो अनलाइन

अमेरिकाले भोलिदेखि कोरोना विरुद्धकाे खोप लगाउन सुरु गर्ने

काठमाण्डाै - अमेरिकामा भोलिदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप भोलिदेखि लगाउन सुरु गरिने बीबीसीले जनाएको छ । खोपको पहिलो तीस लाख डोज छिट्टै नै सबै राज्यमा पुर्याइँदैछ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ । अमेरिक...

उज्यालो अनलाइन