कतार (हाम्रो खेलकुद) – कतारमा फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ आज (आइतबार) देखि औपचारिक रुपमा सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग खेल्नेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् […]