सरकारले संर्घषरत विप्लव समूहसँग वार्ताकाे वातावरण बनाउन पहल गरेकाे छ। यस क्रममा सरकारका मन्त्री मणि थापाले नख्खुस्थित जेलमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीसँग भेट गरेका छन्। यसअघि सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएकाे थियाे।
खानेपानी मन्त्री मणि थापा र कारागारमा रहेका नेत्रविक्रम चन्द 'विप्लव'को दलका नेता हेमन्तप्रकाश ओलीबीच भेटघाट भएकाे छ। यसअघि सरकारले विप्लव समूहसँग वार्ताकाे पहल भइरहेकाे बताएकाे थियाे।
यसअघि सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो।प्रधानमन्त्रीले उनीहरूलाई बम पड्काउने, चन्दा असुल्नेहरुसँग वार्ता नगर्ने बताएका थिए।
प्रतिबन्ध लगाएसँगै विप्लव समूहसँग सरकार सख्त रूपमा पेश भएकाे थियाे। समूहका नेताहरूलाई पक्राउ गरिनुका साथै दाेहाेराे भिडन्तमा केही नेता कार्यर्ताहरू समेत मारिएका थिए। त्यस्तै विप्लव समूहले पनि चन्दा संकलन तथा अन्य आतंकका क्रियाकलापहरू बढाएकाे थियाे।