छोटकरीमा : आज - २०७७ माघ ०५, सोमबार

आज 'प्रतिगमनविरुद्ध एकजुट हुन प्रचण्ड– नेपालको अपिल', 'रानीपोखरीको सरसफाइ थालियो', 'नेपालमा पनि तीनजनामा देखियो नयाँ स्वरूपकाे कोरोना भाइरस', 'सुडान झडपमा ८० भन्दा बढीको मृत्यु लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।



झन्डै दुई तिहाइ जनमत प्राप्त गरेर प्रतिनिधिसभा विघटनको अवस्थामा पुगेको नेकपालाई सर्वोच्च अदालतले 'संसद् पुनःस्थापना गरेर फेरि सरकार चलाउ भन्दा जनताको हित हुन्छ कि अहित?' भनेर प्रश्‍न गरेकाे छ। उनले प्रधानमन्त्री ‌तथा नेकपा संसदीय दलको नेताले नेकपाको प्रतिनिधित्व गर्छ कि गर्दैन भनेर पनि प्रश्न गरेका थिए।



नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन आम हड्ताल गर्नेसम्म जानसक्नु पर्ने बताएका छन्। दाहालले आफूहरू सिंहको सन्तान भएकाे बताउँदै ओली जस्ता भेडाहरूको संगत गरेको बताए।



जनस्तर तथा सामाजिक सञ्जालहरूमा व्यापक विरोध हुन थालेपछि महानगर प्रहरीले जाल प्रयोग गरी पानी माथिको लेउ हटाउन सुरु गरेको छ। केही समयअघि मात्रै पुनः निर्माण सकिएको रानीपोखरीमा लेउ लागेर कुरुप बनेको थियाे।



नेकपाको दाहाल-नेपाल पक्षले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएको छ।



नेकपाको दाहाल–नेपाल समूहका तीन सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिई मुख्यमन्त्री शेरधन राईतर्फ फर्किएका छन्। प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन्। 



त्रिभुवन विश्वविद्यालयको तीनवर्षे एलएलबी अध्ययनका लागि फारम भरेका विद्यार्थीको दुई वर्षमा प्रवेश परीक्षा हुन लागेको छ। विद्यार्थी भर्ना संख्याको विषयमा विवाद हुँदा अनिश्चित भएको शैक्षिक सत्र झण्डै दुई वर्षमा टुंगो लागेको छ। अहिले त्रिविले कोटा कायम गरेर भर्ना प्रक्रिया अघि बढाउने बाटो खोलेको हो। 



बेलायत र अफ्रिकी मुलुकहरूमा देखिएको कोराेना भइरसको नयाँ संस्करण 'बी ११७' नेपालमा पनि तीनजनामा देखिएको छ। नयाँ भाइरस संक्रमण हुने तीनैजना बेलायतबाट नेपाल फर्किएका नागरिक हुन्। संक्रमित हुनेमा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष छन्।



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका वेला गरिएका सहमतिमा केपी ओली इमानदार नभएका कारण समस्या आएको बताएका छन्।



जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्र खतरामा पर्दा हातमा दही जमाएर रामनाम जपेर बस्न नमिल्ने बताएका छन्। उनले प्रतिनिधिसभालाई जीवित गर्नुपर्नेमा जोड दिएका थिए।



सरकारले परिक्षणका रूपमा ‘नागरिक एप’ सार्वजनिक गरेको चार दिनमै दुई लाख ४९ हजार पाँच सय बढीले डाउनलोड गरेका छन्। यस अवधिसम्म डाउनलोड गरेका मध्ये ६३ हजार छ सय एकले यसमा सफलतापूर्वक आफूलाई दर्ता (लगइन) गरिसकेका छन्।



राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छिन् । निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दै भण्डारीले निर्वाचन तोकिएकै समयमा हुनुपर्ने पनि बताएकी छिन् ।



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पार्टीको एउटै धारणा बनाएर अघि बढ्न प्रस्ताव गरेका छन्। वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा र सभापति देउवा चुनावको पक्षमा बढी देखिँदै आएका छन्।



सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिसियाले गरेको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। घटनालाई नियन्त्रणमा लिन स्थानीय अधिकारीहरूले निषेधाज्ञा आदेशसमेत जारी गरेका छन्। 



सामसङका मुख्य लगानीकर्ता तथा उपाध्यक्ष ई छोङ योङलाई घुस लिएको आरोपमा साढे दुई वर्षको जेल सजाए दिइएको छ। उनलाई घूस दिएको आरोपमा जेल सजाए दिइएकाे हाे।



भारतमा दुई दिनमा दुई लाख सात हजार दुई सय २९ जनाले कोभिड– १९ विरुद्धको भ्याक्सिन लगाएका छन्। १६ र १७ जनवरीमा भ्याक्सिन लगाएकामध्ये चार सय ४७ जनामा साइडइफेक्ट देखिएको हो। 



सन् २०२० को अन्तिम त्रैमासिकमा चिनियाँ अर्थतन्त्रमा निकै सुधार आएको बताइएको छ। सोमबार चीनले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० चीनको कुल गार्हस्थ उत्पादन(जीडीपी) मा २.३ प्रतिशतले वृद्धि भएको छ।


सम्बन्धित सामग्री

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर खरानी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । कसरी लाग्यो आगो ?

छोटकरी सम्पादक

फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

छोटकरी सम्पादक

कोरोनाविरुद्धको थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले कोरोना भाइरस विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ ।

छोटकरी सम्पादक

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

छोटकरी सम्पादक

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

छोटकरी सम्पादक