राजधानीको २३ नम्बर रुटमा अप्रिय भोगाइ: छिनछिनमै यात्रुमाथि अपशब्द !

काठमाडौं उपत्यकामा चल्ने सवारीसाधन मध्येको यात्रु धेरै हुने एक रुट हो २३ नम्बर रुट । रत्नपार्कबाट बालाजु, नयाँ बसपार्क सामाखुशी, नेपालटार, लोलाङ, फुटुङ, टोखा रुटमा सार्वजनिक बस, हाइस र साना माइक्रो चल्छन् । यात्रुको चाप हुने २३ नम्बर रुटमा सवारी चालक र सहचालकको व्यवहार भने अप्रिय हुन्छ ।  सोमवार बिहान ९ बजे लोलाङबाट चल्ने बसमा म अफिसका लागि पुरानो गुहेश्वरी मन्दिरबाट चढें । बालाजु बाइपास पुग्ने बेलामा सहचालक बोले – बाइपास झर्ने कोही छ ? छ भने भाडा दिनुस्, नभए रत्नपार्क पुर्‍याइदिन्छु । एक जना स्क...