१६ प्रतिशत लाभांश पारित गर्दै ग्लोबल आईएमई बैंकको साधारण सभा सम्पन्न

काठमाण्डाै – ग्लोबल आइएमई बैंक लिमिटेडको १४ औँ वार्षिक साधारण सभा बुधबार बैंकको कर्पोरेट भवन कमलादी काठमाण्डौमा सम्पन्न भएको छ । 

आर्थिक वर्ष २०७६/०७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरूलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस शेयर र दुई प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गर्दै बैंकको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । 

बैंकले गएकाे आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन मुनाफा चार अर्ब १७ करोड रुपैयाँ र करपछिको मुनाफा दुई अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ । 

साधारण सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालनमा कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले बैंकले सङ्घीय सरकार तथा नेपाल राष्ट्र बैंकले अङ्गिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरूप अहिलेसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरू यस बैंकमा समाहित गरिएको बताउनुभयो । 

पहिलेकाे जनता बैंक नेपालसँग मर्जरपछि ग्लोबल आईएमई बैंक देशकै सबैभन्दा ठूलो र सबल बैंक बनेको बताउँदै उहाँले शेयरधनीको आकाङ्क्षा अनुरूप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता ढकालले व्यक्त गर्नुभयो । 

उहाँले बैंकले सदा झैँ आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरूप निक्षेप सङ्कलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताउँदै कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधिमार्फत सेवा प्रवाह गर्दै ग्राहकहरूलाई थप प्रभावकारी सेवा पुर्‍याउने बताउनुभयो । 

आर्थिक वर्ष २०७६/०७७ मा बैंकको ब्याज आम्दानीतर्फ गएकाे वर्षभन्दा ६ अर्ब ९६ करोड रुपैयाँले वृद्धि भएको छ । आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोना भाइरसका कारण बैंकको कर्जा लगानी रकममा एक अर्ब ९५ करोड रुपैयाँसम्मको जोखिम व्यवस्थापनबापत रकम छुट्याउनु परेकाले बैंकको खुद मुनाफामा ५ दशमलव ३१ प्रतिशतले मात्र वृद्धि भइ दुई अर्ब ९१ करोड रुपैयाँमात्र कायम हुन सकेको छ ।

अहिले बैंकले दुई खर्ब ४९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन गर्नुका साथै दुई खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । 

त्यस्तै सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यका साथ बैंकले ७३ जिल्लामा दुई सय ६४ शाखा सञ्जालसहित झण्डै आठ सय सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकमा तीन हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकले झण्डै २२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ । 

सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

साथै बुधबार नै सम्पन्न १४ औँ वार्षिक साधारण सभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत चुनाव गरेको छ ।

अन्य सञ्चालक सदस्यहरूमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दीपक शर्मा पोखरेल (सर्वसाधारण) रहनुभएको छ । 

नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराउनुभएको छ । प्रत्यक्ष र भर्चुअल माध्यमबाट गरी सञ्चालन गरिएको बैंकको १४ औँ साधारण सभामा बैंकका शेयर सदस्य, कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । 

सम्बन्धित सामग्री

लक्ष्मी बैंकले ९ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश दिने

२८ पुस, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको बिसौं वाषिर्क साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । …

अनलाइनखबर

माछापुछ्रे बैंकले १०.४ प्रतिशत लाभांश दिने

माछापुछ्रे बैंकले सेयरधनीहरुलाई १०.४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ७.०३ प्रतिशत बोनस सेयर र ३.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।बैंकको ४ सय २९औं सञ्चालक समितिको बैैठकले चुक्ता पुँजीको २८ करोड ५० लाख ६४ हजार ७ सय ४४ कर प्रयोजन सहित नगद लाभांश र […]

कारोबार दैनिक

एनआइसी एसिया बैंकको सभा सम्पन्न

एनआइसी एसिया बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

नागरिक दैनिक

सिटिजन्स बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको शनिबार सम्पन्न १४औं वार्षिक साधारणसभाले प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लाटफर्म जुम […]

कारोबार दैनिक

हिमालयन बैंकको २२ प्रतिशत लाभांश पारित

काठमाडौं : हिमालयन बैंकको २७ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको २२ प्रतिशत लाभांशलाई पारित गरेको छ। बैंकको बुधबार काठमाडौंमा बसेको वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो। लाभांश पारित भएसँगै बैंकको चुक्ता पूँजी ९ अर्ब ३...

थाहा खबर

ग्लोबल आइएमई बैंकले २५ दशमलव पाँच प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५/७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ ।

गोरखापत्र

ग्लोबल आइएमई बैंकको २५.५ प्रतिशत लाभांश पारित

२ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वाषिर्क साधारण सभा सोमबार सम्पन्न भएको छ । आव २०७५/७६ माआफ्ना शेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनश शेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी २५.५ प्रतिशत लाभांश दिने …

अनलाइनखबर

साल्ट ट्रेडिङले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने

सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पाेरेसनले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दिने निर्णय कर्पोरेसनले गरेको हो ।कर्पाेरेसनको मंगलबार भएको ५१ औं साधारणसभाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साल्ट ट्रेडिङले गत आर्थिक वर्ष ८ अर्ब ५८ करोडको कारोबार गर्दै ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो । यो कारोबार रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ७५ करोड रुपैयाँ बढी हो ।

Karobar Daily