चुनावको नतिजा उल्ट्याएर भोट दिलाइदिन ट्रम्पले आग्रह गरेको खुलासा


काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अधिकारीलाई चुनावको नतिजा उल्ट्याएर आफूलाई भोट दिलाइदिन आग्रह गरेको खुलासा भएको छ । 

गएको नोभेम्बर ३ तारिखमा भएको राष्ट्रपतीय चुनावमा हार व्यहोरेका ट्रम्पले जितका लागि नतिजा उल्ट्याइदिन आग्रह गरेको फोन रेकर्डिङ सार्वजनिक भएको हो । राष्ट्रपति ट्रम्पले चुनावको नतिजालाई अहिलेसम्म स्वीकार गर्नु भएको छैन । 

उहाँले चुनावमा  धाँधली भएको आरोप लगाउँदै जर्जिया राज्यका शीर्ष निर्वाचन अधिकारीलाई आफूलाई जिताउन आवश्यक मतको बन्दोबस्त गरिदिन आग्रह गरिरहेको फोन रेकर्डिङ सार्वजनिक भएको बीबीसीले जनाएको हो ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको फोन रेकर्डिङका अनुसार ट्रम्पले रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्रेड रेफनस्पर्जरसँग आफूलाई ११ हजार ७८० भोट मात्रै चाहिएको बताउनु भएको छ ।रेफनस्पर्जरले भने फोनमा ट्रम्पलाई जर्जियाको नतिजा सही भएको बताउनुभएको छ ।

जर्जियामा जाे बाइडेनले ३०६ इलेक्टोरल भोट प्राप्त गरेर चुनाव जित्नुभएको छ भने ट्रम्पले २३२ भोट मात्र प्राप्त गर्नुभएको थियो । तर ट्रम्पले यो नतिजालाई अस्वीकार गर्दै आउनु भएको छ ।

जो बाइडेनले यही जनवरी २० तारिखमा अमेरिकाको राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दै हुनुहुन्छ । 
 

सम्बन्धित सामग्री

अन्ततः ट्रम्पले बाइडेनकाे जित यसरी स्वीकार गरे

चुनावको नतिजा अस्वीकार गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः जो बाइडेन विजयी भएको कुरा स्वीकार गरेका छन्।

नागरिक दैनिक

चुनावको नतिजा उल्टाउने प्रयासमा रहेका ट्रम्पलाई अर्काे ठूलो झट्का

चुनाव हारिसक्दा पनि जित्ने जिद्दी गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासमा अर्काे ठूलो झट्का लागेको छ।

नागरिक दैनिक

चुनावको नतिजाबारे के भनिन् ट्रम्पकी श्रीमतीले ?

डोनाल्ड ट्रमले अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा अस्वीकार गरिरहेको समय उनकी श्रीमती मेलानिया ट्रम्पले मुख खोलेकी छन्। ट्रम्पलाई मेलानियाले नतिजा स्वीकार गर्न भनिरहेको समाचार आइरहेको समयमा उनले त्यसलाई खारेज गरिदिएकी छन्।

नागरिक दैनिक

मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प

अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ। चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ।

नागरिक दैनिक

ट्रम्पले भने, ‘मास्क लगाउनुहोस्, मौका मिल्नेबित्तिकै हात धुनुहोस्’

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारोना भाइरसको महामारी बढिरहेकाले मास्क लागाउन आग्रह गरेका छन् ।  यसअघि मास्कको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले अन्ततः बोली फेर्दै जोखिमबाट बच्न अमेरिकीवासीलाई मास्क लगाउन आग्रह गरेका हुन् । ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले मास्क लगाउन वा...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दलीय मतभिन्नता त्याग्न आग्रह

वासिङ्टन, माघ २३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनले...

गोरखापत्र

इरानी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी : अमेरिकालाई नधम्क्याऊ

७ साउन काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रपति हसन रुहानीलाई अमेरिकालाई धम्क्याउन नछोडेमा त्यसको गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले सोमबार इरानी राष्ट्रपतिको लागि भन्दै टि्वटरमा यस्तो चेतावनी दिएका हुन् । 'अबदेखि कहिल्यै पनि संयुक्त राज्य अमेरिकालाई धम्की नदिनू, होइन भने यसको गम्भीर नतिजा भोग्न पर्नेछ …

अनलाइनखबर