छोटकरीमा २०२० : महिला हिंसा तथा दुर्व्यवहार

वर्ष २०२० मा पनि महिला हिंसा, बलात्कार र हत्याका बढ्दो घटना निरूपण एवं निराकरणका लागि गम्भीर बहस र पहलकदमी हुन नसकेको साक्षीका रूपमा थुप्रै घटनाक्रमहरू सार्वजनिक भए। कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि भएको लकडाउनको अवधिभरमा अझ यस्ता घटनाहरूको संख्यात्मक वृद्धि निकै देखियो।



गत असोज ७ गते बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भयोअसोज ८ गते उदयपुरको चौदण्डिगढीमा एक ७ वर्षीया बालिकाको बलात्कार, असोज ९ गते सुनसरीको बराहक्षेत्रको कटहरेमा ११ वर्षीया बालिकाको बलात्कार प्रयास भयो कार्तिक १० गते सप्तरीमा शाैच गर्न भएकी किशोरी बलात्कृत भइन्

बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन्। पछिल्ला सात वर्षमा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका छन्। त्यसमध्ये ६ हजार तीन सय ६३ त १८ वर्षमुनिका बालिका छन्।

नेपाल प्रहरीको तथ्याङ्कः

  • आर्थिक वर्ष २०६७/०६८ मा ४८१ बलात्कार र १५१ बलात्कारको प्रयाससम्बन्धी घटना दर्ता
  • आर्थिक वर्ष २०७६/०७७ मा २,१४४ बलात्कार र ६८७ बलात्कारको प्रयाससम्बन्धी घटना दर्ता
  • लकडाउनको अवधिमा चार महिना (चैत ११ गतेदेखि साउन १० गतेसम्म) मा १६९ वटा बलात्कार र ५३ वटा बलात्कारको प्रयास सम्बन्धी उजुरी


यसैबीच बलात्कारका घटनामा मिलापत्र गराउनेहरूलाई पनि फौजदारी अपराधमा कारबाही गर्न सरकारले अध्यादेश पनि ल्याएकाे छ। अध्यादेशले बलात्कारको परिभाषा संशोधन गरी पुरुष पनि बलात्कृत हुनसक्ने स्वीकार गर्दै दण्ड सजायको व्यवस्था गरेकाे छ। अब महिलाबाट पुरुष र तेस्रोलिंगीमाथि बलात्कार भए पनि सजायका लागि बाटो खुल्नेछ। यसअघि ती कानुनमा बलात्कारको परिभाषाभित्र ‘महिला तथा बालिका’ भन्ने शब्द थियो। अब भने यी शब्दको सट्टा ‘व्यक्ति’ राखिएको छ। पुरुषमाथि पनि बलात्कार हुने परिकल्पनासहित यो व्यवस्था राखिएको हो।



महिला हिंसा र बलात्कार विरुद्ध अभियान:

हात-हातमा 'अझै कति सहने' भन्ने मूल नाराका साथ ‘नो मिन्स नो, इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ लगायतका नारासहित प्लेकार्ड बोकी युवतीहरुले धिमे बाजाका आवाजमा ‘राज्य बलात्कारी होस् तँ’ भन्दै प्रदर्शन भयो। बलात्कार र यौन हिंसाविरुद्ध चिलीबाट सुरु भएको महिला आन्दोलनमा प्रयोग भएको 'द रेपिस्ट इज यु' गीत अहिले विश्वभर बलात्कारविरुद्ध भइरहेका प्रदर्शनमा प्रयोग भइरहेको छ।

यही बीच गृहमन्त्री रामबहादुर थापाले भने बलात्कारका घटना बढे पनि विश्वको स्थित हेर्दा नेपालको तथ्यांक चिन्ताजनक नभएको अभिव्यक्ति दिएसँगै उनी विवादमा मुछिएका थिए। उनले विश्वका सवा २ सय देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उल्लेख गरेका थिए।



देशबाहिर पनि महिला हिंसा एवं बलात्कारका घटनाहरूको संख्यात्मक वृद्धि भएको देखियो। त्यस्तै वर्ष २०२० मा भारतकाे कुख्यात निर्भया सामूहिक बलात्कार काण्डका चारैजना दोषीलाई फाँसी दिइएको छ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक