‘ओलीले राष्ट्रियसभामा पुर्‍याएर नारायणकाजीलाई हेपे, वामदेवलाई मादलको ताल बनाए’ : गगन थापा

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिस्ट सरकारले सुरुदेखि नै संविधान मिच्दै आएको आरोप लगाएका छन्।

संविधानका धारा च्यातेर नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइएको स्मरण गर्दै थापाले अहिले संसद विघटन गरेर प्रधानमन्त्री केपीले संविधानको उपहास नै गरेको आरोप लगाए।

नेपालगंजमा आयोजित कांग्रेसको विरोधसभालाई सम्बोधन गर्दै थापाले भने, ‘प्रधानमन्त्रीले नारायणकाजीलाई किन हेपे? चुनाव हारेको नारायणकाजीलाई संविधानको धारामा चिरेर, उनेर राष्ट्रियसभा पुर्‍याउनुभयो। यहीँ थिति रहेको वामदेव गौतम दायाँ जाउ कि बायाँ जाउ भनेर मादलको ताल बनाएर राख्या छन्।’

थापाले संसद विघटनलाई सर्वसत्तावादी, अधिनायकवादी र असंवैधानिक कदम भने। प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम नेपालमाथि ठूलो षडयन्त्र भएको उनको भनाई छ। थापाले भने, ‘जनताबाट निर्वाचितले संविधान र कानूनले जे गर्न भन्यो त्यसबाहेक केही गर्न पाइँदैन।’

सम्बन्धित सामग्री

१० वर्ष लगाएर बनाएकाे संविधान प्रधानमन्त्रीले अपहरण गर्नुभयाे : गगन थापा

सर्लाही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले नगरिकबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्नुको साटो प्रधानमन्त्री केपी शर्मा ओलीले अपहरण गरेको बताउनुभयो ।  बुधबार सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बाेधन गर्दै नेता थापाले १० वर्ष लगाएर बनाए...

उज्यालो अनलाइन

वामदेव तत्काल मन्त्री बन्‍न नपाउने, मुद्दा नपरे नारायणकाजीलाई सजिलो

काठमाडौं : सत्तारुढ नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको सरकारमा जाने चाहनालाई तत्काल सर्वोच्च अदालतले 'ब्रेक' लगाएको छ। बुधबार सर्वोच्च अदालतले उपाध्यक्ष गौतमको राष्ट्रियसभा सदस्य यथावत राख्दै थप संवैधानिक जिम्मेवारी नदिनु भन्‍ने आदेश दिएपछि गौतम राष्ट्रियसभाबाट सरकारमा जान&...

थाहा खबर

गाैतमलाई राष्ट्रियसभामा लगिने, पार्टी र सरकारबारे प्रस्ताव तयार गरिने

नेकपा सचिवालयकाे बैठकले बामदेव गाैतमलाई राष्ट्रियसभाकाे सदस्यमा लैजाने बारे प्रधानमन्त्रीले सचिवालयलाई जानकारी गराउनुभएकाे छ

गोरखापत्र

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बधुबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको हो । उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनी बर्दिया १ मा …

राजनीति गरिन्छ, जुवा खेलिन्‍न : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं : सत्तारुढ नेकपामा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रियसभा सांसद बनाएर प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको प्रयासको चर्को विरोध हुँदै आएको छ।  नेकपाले बनाएको संंविधान संशोधन कार्यदलका सदस्यहरुले नै यसमा नबस्ने घोषणा गरिसकेका छन्। कार्यदलका सदस्य तथा पूर्व सभामुख सुवास नेम्बाङ र ...

थाहा खबर

राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न बामदेवले मानेनन्

१८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न अस्वीकार गरेका छन् । नेकपा सचिवालयको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम प्रस्ताव …

अनलाइनखबर

मलाई राष्ट्रियसभामा लैजाने प्रधानमन्त्रीकै प्रस्ताव हो : बामदेव

२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रियसभामा जान प्रस्ताव गरेको बताएका छन् । तर आफूले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने …

अनलाइनखबर