छोटकरीमा २०२० : अन्तर्राष्ट्रिय जगत

वर्ष २०२० मा सुलेमानी हत्या प्रकरण,ब्रेक्जिट र बेलायतको राजनीति, चीन-अमेरिकी व्यापार युद्ध, सोफिया मस्जिद विवाद, जम्मु-कश्मिर प्रकरण, राम मन्दिर प्रकरण, भारत-चीन सम्बन्ध, लेबनान विस्फोट, भारतको किसान आन्दोलन, अमेरिकी निर्वाचन लगायतका घटनाहरू सर्वाधिक चर्चामा रहे।



क. सुलेमानी हत्या प्रकरण :

वर्ष २०२० काे सुरूआतमै अमेरिकाले इरानी कुर्दस् फोर्सका सैन्य कमान्डर कासिम सुलेमानीकाे हत्या दुई देशहरू आमुनेसामुने भए। घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठाडो आदेशमा इराककाे बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल बाहिर घटाइएकाे थियाे।



ख. ब्रेक्जिट र बेलायतको राजनीति :

ब्रेजिक्टको टुंगो वर्ष २०२० मा लागेकाे छ। लामो समयदेखि चर्चा र विवादमा रहेको बेलायतलाई इयूबाट अलग्याउने ब्रेजिक्ट जनवरी ३१ बाट गृहकार्यका रूपमा अघि बढ्याे। तत्कालिन प्रधानमन्त्री थेरेसा मेले बहुमत गुमाएपछि अन्तरिम प्रधानमन्त्री हुदै नयाँ निर्वाचित प्रधानमन्त्री बनेका बोरिस जोनसनले आफ्नो कन्जरभेटिभ्स पार्टीका सबै सांसदहरूलाई साथमा लिएर ब्रेजिक्टको टुंगो लगाएका हुन्।



ग. चीन-अमेरिकी व्यापार युद्ध :

चीन र अमेरिकाबीच लामाे समयदेखि चलिरहेकाे व्यापार युद्ध वर्ष २०२० मा झनै मुखर भयाे। जारी विवादले व्यापारिक कारोबारमा अवरोध, कर बढाउने होडबाजी तथा प्रविधिमाथि परस्पर अंकुशकाे अवस्था सिर्जना भयाे।



घ. अमेरिकी-उत्तर कोरिया तानातानी :

कुनै बेला एक अर्कालाई प्रमुख दुश्मन मान्ने यी देशहरूले विश्वलाई नै चकित पार्दै सन् २०१८ मा पहिलो पटक र सन् २०१९ मा दुई ओटा शिखर बैठक गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको शिखर बैठकले यस वर्ष निष्कर्ष निस्कने अपेक्षा गरिएको थियो, यद्यपि त्यो पुरा हुन् सकेन।


दक्षिण कोरिया र अमेरिकी सेनाले वर्षेनी गर्दै आएको संयुक्त सैन्य अभ्यास अहिले पनि गरिरहेको भन्दै उत्तर कोरिया रूष्ट भएको बताइन्छ। एकातिर उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्र संघको प्रतिबन्ध जारी छ। राष्ट्र संघले पटकपटक उत्तर कोरियाविरुद्ध प्रतिबन्ध थप्दै र कडा बनाउँदै लगेको छ। अर्कोतर्फ उत्तर कोरियाले मिसाइल परीक्षण पनि जारी राखेको छ।


यता यो तानातानले नयाँ मोड तब लियो जब किमले आफ्नी बहिनीलाई अगाडि सारे नेता किम जङ-अनले बहिनी किम यो-जङलाई थप जिम्मेवारी हस्तान्तरण गरे। अब अमेरिका र दक्षिण कोरियाबारे प्योङ्याङको नीतिसहित अन्य नीतिगत मुद्दाहरूको जिम्मेवारी बहिनी किममा सरेको र उनी वास्तविक रूपमा दोस्रो नम्बरको बनेको भनिएको छ।



ङ. सोफिया मस्जिद विवाद :

सन् २०१३ पश्चात आफ्नै कुर्सी मोहको कारण निम्तिएको राजनीतिक अस्थिरतालाई दिशानिर्देश गर्ने उद्देश्य हेतु राष्ट्रपति अर्दोआनले चुनावी नाराको रूपमा इस्लामी भावनाको समर्थन गर्दै हागिया सोफियालाई म्यूजियम बनाउने सन् १९३४ को फैसला 'ऐतिहासिक गल्ती' भएको बारबार बताउँदै आइरहेका थिए।

यसैबीच १० जुलाईमा राष्ट्रपति अर्दोआन निर्देशित टर्कीको अदालतद्वारा हागिया सोफिया संग्रालयलाई मस्जिदमा परिवर्तन गर्न फैसला सुनाइयो। यसप्रकार १५ सय वर्ष पहिले एक गिर्जाघरको रूपमा निर्मित हागिया सोफिया सन् १४५३ मा मस्जिदमा परिणत भई सन् १९३४ मा  टर्कीस मन्त्रिपरिषदले मस्जिदलाई संग्रहालयमा विश्वको लागि खुला गरिएकोमा पुन: मस्जिदको रूपमा रूपान्तरित गरिएकाे छ।

मस्जिद बनाउने निर्णयको विश्वव्यपी रूपमा आलोचना भइरहे पनि राष्ट्रपति अर्दोआनले त्यसको बचाउ गरिरहेका छन्। ग्रीस लगायतका मुस्लिम देशहरूले टर्की सरकारको कदमविरुद्ध चर्को विरोध जनाइरहेका छन्।



च. जम्मू- कश्मिर प्रकरण:

यस वर्ष लामाे समयदेखि लम्बित जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधानलाई भारत सरकारले खारेज गरिदिएपछि भारतभित्र त्यसको पक्ष र विपक्षमा मतहरू व्यक्त भइरहेका छन्। नेताहरू पक्राउ परेका छन् भने साे क्षेत्रमा भारतीय सेनाकाे उपस्थिति बढेकाे छ।



छ. राम मन्दिर प्रकरण :

यस वर्ष भारतकाे सर्वाेच्च अदालतले अयाेध्यमा ऐतिहासिक राम मन्दिर निर्माणका पक्षमा फैसला सुनाएकाे छ। अदालतले विवादित क्षेत्रमा राम मन्दिर नै बनाउन बाटो खुल्ला गरेपछि त्यहाँ मन्दिर बनाउन कार्य सुरु भएकाे छ। भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले मन्दिरकाे शिलान्यास समेत गरेका छन्।



ज. भारत चीन सम्बन्ध :

वर्ष २०२० मा भारत र चीनकाे सम्बन्ध निकै उतारचढावपूर्ण रह्याे। भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भएकाे सङ्घर्षमा दुवैतर्फका सैनिकहरू हाताहत भएपछि स्थिति बिग्रिएकाे थियाे।



झ. कोरोनाको विश्वव्यापी असर :

अहिले विश्वभरि कोरोना भाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्। उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित भएता पनि अवस्थामा पूर्ण सफलता हासिल भएकाे छैन।



ञ. आर्थिक घटनाक्रमहरू :

कोरोनाभाइरस महामारीका कारण विश्वभरिको आर्थिक गतिविधि ठप्प प्राय: देखियो। जो अब विस्तारै खुल्दै गएको छ। कोभिड-१९ महामारीविरुद्ध लगाइएका कडा बन्देजहरूका कारण अर्थतन्त्र धरमराएको हो।



ट. इजरायलका परमाणु वैज्ञानिकको हत्या :

वर्ष २०२० मा इरानका परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहकाे हत्या भयाे। इरानले घटनामा इजरायलकाे संलग्नता रहेकाे बताए पनि हालसम्म यसकाे पुष्टि हुन सकेकाे छैन। उता इजरायलले पनि आरोपकाे खण्डन गरेकाे छैन।



ठ. भारतको किसान आन्दोलन:

वर्ष २०२० काे अन्त्यतिर भारत सरकारले ल्याएकाे कृषि कानुनका विरुद्धमा त्यहाँका किसानहरूले संगठित रूपमा आन्दाेलन गरेका छन्। उनीहरूले राजधानी दिल्ली र दिल्लीका प्रमुख नाकाहरूमा डेरा गरी आन्दाेलन गरिरहेका छन्। कृषि क्षेत्रकाे सुधारकाे लागि भन्दै भारत सरकारले तीनवटा कानुन ल्याएकाे थियाे।


कानुन : कृषिउपज व्यापार एवं वाणिज्य (संवर्द्धन एवं सरलीकरण) विधेयक २०२०

किसानको आपत्ति : न्यूनतम समर्थन मूल्य प्रणाली समाप्त हुन् । किसानले सरकारी मन्डीभन्दा बाहिर बिक्री गर्दा ठूलो नोक्सान हुन्।

सरकारको दाबी : न्यूनतम समर्थन मूल्य पहिलेकै प्रणालीमा जारी रहन्छ। सरकारी मन्डी बन्द हुँदैन। यो व्यवस्थाले सरकारी मन्डीसँगै अन्यत्र बाली बिक्री गर्न किसानलाई अवसर हुनेछ।


कानुन : कृषक (सशक्तीकरण तथा संरक्षण) किमत आश्वासन तथा कृषि सेवामा करार विधेयक, २०२०

किसानको आपत्ति : करार खेती गर्दा किसान कमजोर हुन्छन्। उनीहरूले कसरी मूल्य निर्धारण गर्न सक्छन्? साना किसान कसरी करार खेती गर्न सक्छन्? विवादको स्थितिमा ठूलो कम्पनीलाई बढी लाभ मिल्छ।

सरकारको दाबी : करार खेती गर्ने वा नगर्ने भन्ने कुरामा किसान पूर्ण स्वतन्त्र छन्। किसानले आफ्नो इच्छाअनुसार मूल्य निर्धारण गरेर बाली बिक्री गर्न सक्छन्। बढीमा ३ दिनमा भुक्तानी पनि हुन्छ। यो कानुनअनुसार देशभर १० हजार किसान उत्पादक ग्रुप बन्दै छन्। जसबाट साना किसानलाई जोडेर बालीको उचित बजारीकरण गरी लाभ दिलाउने प्रयास हुनेछ। खरिद गर्ने उपभोक्ता किसानको खेतमै गएर लिनेछन्। कुनै विवाद आए किसानहरूलाई अदालत जानुपर्ने आवश्यकता हुँदैन, स्थानीस्तरमै विवाद मिलाइन्छ।


कानुन :  आवश्यक वस्तु (संशोधन) विधेयक, २०२०

किसानको आपत्ति : ठूला कम्पनीहरू आवश्यक वस्तुको धेरै भण्डारण गर्नेछन्। यसबाट उनीहरू बजारमा हाबी हुनेछन् र कालोबजारी बढ्नेछ।

सरकारको दाबी : निजी लगानीलाई धेरै किसिमका कानुनबाट नियमन गर्ने भएकाले असर महसुस हुनेछैन । बरु, यसले कृषि क्षेत्रमा निजी व्यवसायीको लगानी झन् बढ्छ। कोल्ड स्टोरेज र खाद्य प्रशोधन उद्योगमा निजी क्षेत्रको लगानी बढ्दा किसानहरूलाई बढी फाइदा हुन्छ।



ड. अमेरिकी राष्ट्रपति निर्वाचन:

यस वर्ष हरेक ४-४ वर्षमा हुने अमेरिकी राष्ट्रपति निर्वाचन सम्पन्न भएकाे छ। राष्ट्रपति डाेनाल्ड ट्रम्प र जाे बाइडन बीच कडा प्रतिस्पर्धा हुने ठानिए पनि बाइडेनले फराकिलाे मतान्तरका साथ राष्ट्रपति निर्वाचन जिते। डेमाेक्य्राटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत (२७०) भन्दा बढी (३०६) मत हासिल गरे।

ट्रम्पले चुनाव हार्नुमा अश्वेत जर्ज फ्लोइडको वीभत्स हत्या पनि एउटा प्रमुख कारण बन्यो। हत्याको विरोधमा अमेरिकाभर हिंसात्मक प्रदर्शन भयो। १२ जना मारिए भने ५५ अर्ब डलरको भौतिक क्षति भयो। अश्वेतहरू ट्रम्पको विरोधमा उत्रे। पेरिस सम्झौतबाट अलग्गिनु पनि उनका लागि हारको अर्को कारण बन्यो।



ढ. विभिन्न देशका घटनाक्रमहरू :

  • श्रीलंकामा :

श्रीलंकामा कोरोना महामारीबीच आमचुनाव भयो। दुई सय २५ सदस्यीय संसदको चुनावका लागि सात हजार चार सय ५० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिए । श्रीलंकामा झन्डै एक करोड ६२ लाख मतदाताहरुले मताधिकार प्रयोग गरे । निर्वाचनको नतिजाले प्रधानमन्त्री महिन्दा राजपाक्षको पार्टी श्रीलंका पोडुजना पार्टी (एसएलपीपी) ले स्पष्ट बहुमत दिलायो। अन्तिम मत परिणाम अनुसार एसएलपीपीले २२५ सिटमध्ये १४५ सिटमा जित हासिल गरेको हो। यद्दपी श्रीलंकाको विपक्षी पार्टीले सरकारमाथि भ्रष्टाचार, सेन्सरसिप र मानिसहरुलाई आतंकित पारेको आरोप लगाउँदै आएको छ।

  • अफगानिस्तानमा शान्तिवार्र्ता

अफगानिस्तानको प्रमुख विद्रोही शक्ति तालिवानलाई राजनीतिको मूल धारमा नल्याएसम्म त्यहाँ शान्ति कायम हुन नसक्ने प्रष्ट भएपछि अमेरिकाले तालिवानसँग वार्ता गर्यो। अमेरिका र तालिवानबीचको वार्ताले शान्तिवार्ताका लागि ढोका खोल्यो। अफगान सरकार र तालिवानबीच विभिन्न चरणको शान्तिर्वार्ता भयो समस्या समाधान भएको छैन। दुई दशकसम्म स्वदेशी र विदेशी सेना परिचालन गरी तालिवान विद्रोह दबाउन प्रयास गरियो। यो झन् प्रत्युत्पादक बन्यो। एक लाखभन्दा बढी मानिस मारिए। तालिवान कमजोर भएन। अनि बाध्य भई मिलीजुली सरकार बनाउने र विदेशी सेना फिर्ता गर्ने सर्तमा वार्ता जारी छ।

  • थाइल्यान्डमा राजाको विरोध

थाइल्यान्डमा लोकप्रिय राजा भूमिबोल अदुल्यादेजको निधनपछि राजा बन्नुभएका महाभाजिरालोङ्कर्नले राम्रो काम गर्न नसकेको भन्दै देशव्यापीरूपमा विरोध भयो। प्रदर्शनकारीहरूले राजाको विरोधमा नारा लगाए। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा राजाकाविरुद्ध टीकाटिप्पणी र चर्को आलोेचना भएपछि सरकारले सङ्कटकाल लगाएर त्यसलाई रोक्ने प्रयास गर्यो। कोरोना महामारीका बेला पनि राजाले आफ्नोमात्र सुरक्षामा समय खर्चेको, देश र जनताको सुरक्षालाई बेवास्ता गरेको भन्दै जनता आन्दोलित बने। राजा आवश्यक छैन भन्ने बहसले राजसंस्थामाथि नै प्रश्नचिह्न खडा गरिरहेको छ।

  • भ्रष्टाचारीलाई कारबाही

मलेसियाका पूर्वप्रधानमन्त्री नजिव राजकलाई अर्बौं डलर भ्रष्टाचार गरेको अभियोगमा १२ वर्ष जेल सजाय भयो। त्यसैगरी माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदिवलाई भ्रष्टाचारको मुद्दामा २० वर्ष जेल हालियो। दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ वाकलाई भ्रष्टाचारको मुद्दामा पुनः १७ वर्ष जेल सजाय तोकियो। पेरुको संसद्ले राष्ट्रपति मार्टिन विजवाराविरुद्ध महाभियोग प्रस्ताव पारित गर्यो। भ्रष्टाचारको आरोपमा मुछिएपछि स्पेनका पूर्वराजा ख्वान कार्लोस विदेश पलायन हुनुपर्यो।

  • नयाँ सरकार

अफगानिस्तानमा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति असरफ घानी पुनः निर्वाचित भए। म्यानमारको संसदीय आमनिर्वाचनमा नेत्री आङ साङ सुकीको दल नेसनल लिग फर डेमोक्रेसीले अत्यधिक बहुमत ल्यायो। न्युजिल्यान्डमा प्रधानमन्त्री जसिन्डा आर्डर्नको लेबर पार्टीलाई संसदीय आमनिर्वाचनमा बहुमत प्राप्त भयो। जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएपछि योसिहिदे सुगा नयाँ प्रधानमन्त्री बने। रुसमा जनमत सङ्ग्रहमार्फत संविधान संशोधन गरी राष्ट्रपतिलाई थप बलियो बनाउने काम भयो। श्रीलङ्काको संसदीय आमनिर्वाचनमा राष्ट्रपति गोटाबाय राजपाक्ष र प्रधानमन्त्री महिन्दा राजपाक्षलाई अत्यधिक बहुमत प्राप्त भयो। लेबनानमा विस्फोटक पदार्थ राखिएको गोदाममा विस्फोट हुँदा धेरै जनधनको क्षति भएपछि प्रधानमन्त्री हसन दियावले राजीनामा दिए। मलेसियाका ९४ वर्षीय प्रधानमन्त्री डा. महाथिर मोहम्मदले राजीनामा दिएपछि मुहिद्दिन यासिन नयाँ प्रधानमन्त्री बने।



ण. लेबनान विस्फोट :

लेबनानको राजधानी बेरुतमा सन् २०२० अगस्ट ४ मा दुई शक्तिशाली विस्फोट भयो। बेरुत बन्दरगाहमा भएको दुई विस्फोटमा परि कम्तिमा २२० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने ७,००० भन्दा बढी व्यक्ति घाइते, लगभग १५-२० बिलियन अमेरिकी डलरको क्षति र ३,००,००० परिवार घरविहीन भएका थिए। 

बेरुतमा विस्फोट हुनुपूर्व लेबनानको अर्थव्यवस्था सङ्कटको स्थितिमा थियो भने सरकार कर्जामा डुबिसकेको थियो। लेबनानी मुद्रा को स्थिति कमजोर भइसकेको थियो भने त्यहाँको गरीबी दर ५० प्रतिशत भन्दा बढी रहेको थियो। यहीबीच यो घटना घटित भएसँगै सर्वसाधारणले सरकारविरुद्ध चर्को प्रदर्शन समेत गरे। जसले अन्ततः लेबनानी प्रधानमन्त्री लाई राजिनमा दिन बाध्य बनायो। यसपछि लेबनानका पूर्वप्रधानमन्त्री साद हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित भए। उनी यसअघि दुईपटक प्रधानमन्त्री भइसकेका छन्।



ट.सन् २०२० मा ५० पत्रकारको हत्या:

रिपोटर्स विथाउट बोडर्सले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२० मा विश्वभरी कुल ५० पत्रकार तथा सञ्चारकर्मीहरुको हत्या भएको बताएको । हत्याका अधिकांश घटना द्वन्द्वग्रस्त मुलुकहरुमा भएको उल्लेख गरेको छ । प्रतिवेदनले अपराध, भ्रष्टाचार, वातावरणलगायतका विषयमा खोजमुलक समाचार लेख्ने पत्रकारहरु बढी प्रभावित भएको औंल्याएको छ ।

पत्रकार हत्या सम्बन्धी घटनामध्ये ८४ प्रतिशत घटना नियोजित र योजनाबद्ध रुपमा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । जबकी गत बर्ष सन् २०१९ मा यस्ता घटना ६३ प्रतिशत मात्रै रहेको पनि बोडर्सले जनाएको छ । 



विविध :

यस वर्ष मृत्युवरण गरेका राजनैतिक खेलाडीहरू, आन्दोलनकर्ताहरू, कालक्रम र अग्रगामीहरूलाई सम्झँदा, र किन उनीहरू महत्वपुर्ण भए? २०२० फोर्ब्स सूचीमा अटाएका धनाढ्यहरू, २०२० को कोलोराडो राजनीतिक घटनाक्रमहरू, २०२० मा पढिएका सर्वश्रेष्ठ पुस्तकहरू, २०२० का महत्वपूर्ण सिनेमाहरू लगायतका विषय-विविध जानकारीलाई यहाँ समावेश गरिएको छ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक