ओलीले संविधानको अपहरण गरे : जनार्दन शर्मा

काठमाडौं: नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको अपहरण गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेसँगै शर्माले उनीमाथि संविधानको अपहरण गरेको आरोप लगाएका हुन्।

'केपी ओलीले फेरि हाम्रो १ मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन्। यसको रक्षाका लागि सबै तयार होऔं।' शर्माले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले संविधानको रक्षाका लागि सबै तयार हुन आह्वान समेत गरेका छन्।

ओलीको कदमसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ओलीलाई कारवाही गर्ने तयारी

केपि ओलिले फेरि हाम्रो १ मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन । यसको रक्षाका लागि सबै तयार होऔ ।।

Posted by on 

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितका बहुमत सचिवालय सदस्‍यहरुले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका हुन्।

आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ। बैठकमा ओली भने सहभागि नहुने अडानमा छन्।

तर, सोही बैठकले ओलीमाथि कारवाहीको निर्णय गर्ने तयारी भइरहेको बताइएको छ।

सम्बन्धित सामग्री

संघीयता लागू गर्न नदिन संविधानलाई अपाङ्ग बनाइएको छ : जनार्दन शर्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले लामो सङ्घर्षबाट प्राप्त संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीसँग साटेको आरोप लगाएका छन्।

नागरिक दैनिक

ओलीले अब पार्टीको नाम ओली गुट वा गोली गुट लेखे हुन्छ : माधव कुमार नेपाल

काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली गणतन्त्र विरोधी भएको आरोप लगाएका छन्। अधिकार क्षेत्र बाहिर गएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताउँदै नेता नेपालले ओलीलाई कुलकै कुलंगार भएको आरोप लगाए। केपी शर्मा ओलीको संसद विघटनको पक्षमा कुनै पनि राम्रो मान्छे नउभिएको भन्दै नेपालले भने, 'असल मान्छेलाई

पहिलो पोस्ट

१० वर्ष लगाएर बनाएकाे संविधान प्रधानमन्त्रीले अपहरण गर्नुभयाे : गगन थापा

सर्लाही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले नगरिकबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्नुको साटो प्रधानमन्त्री केपी शर्मा ओलीले अपहरण गरेको बताउनुभयो ।  बुधबार सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बाेधन गर्दै नेता थापाले १० वर्ष लगाएर बनाए...

उज्यालो अनलाइन

जनार्दन शर्माको आरोप- केपी ओलीले संविधानको अपहरण गरे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले प्रधानमन्त्रीसमेत रहेका आफ्नै पार्टीका अध्यक्ष

बाह्रखरी

सांसद यादवलाई प्रधानमन्त्रीको आदेशमा अपहरण गरेको समाजवादीको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रहरीले अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको छ।

नागरिक दैनिक