संवैधानिक परिषदको बैठक सुरु, सभामुख र देउवा अनुपस्थित

संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। अध्यादेश जारी भएपछि बैठक बसेको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित छन्।