प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको लगातार विरोध हुँदै आइरहेको छ । एकातर्फ सरकारको विरोधको स्वर राजावादी जनसमूदायबाट समेत जोडतोडए उठीरहेको वर्तमान परिदृश्य रहेको छ भने नेकपा आन्तरिक किचलो अझ पनि सुल्झिएको छैन। समग्रमा यस हप्ताको नेकपा किचलो यहाँ पढ्नुहोस्।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले राखेको राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने कुरालाई एकपछि अर्को गरी प्रतिष्ठाको विषय बनाएका थिए । यही विषयलाई लिएर ओलीले आइतबारको स्थायी कमिटी बैठक ‘बहिस्कार’ नै गरेका थिए । र, दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने पनि सन्देश दिएका थिए।
नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटीको बैठक आइतबारबाट शुरु भयो । पार्टीको विवाद समाधानको कार्यकारी थलो मानिएको स्थायी कमिटी बैठकमा पार्टीको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन्। कोभिड प्रोटोकल र एक वर्षअघि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य संवेदनशीलतालाई बैठकले उपेक्षा गरेकाले उपस्थित हुन नसकेको बताइए पनि ‘गुह्य’ अर्कै थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी प्रदर्शनका विरुद्ध एक हुन आह्वान गर्दै काठमाडौंमा सर्वदलीय बैठक बोलाएकै दिन रौतहटमा राजसंस्था पुनर्स्थापनाकाे माग गर्दै प्रदर्शन गरिएको थियो।
चन्द्रनिगाहपुरमा राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले राजसंस्था पुनर्स्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, भ्रष्टहरूमाथि कारबाही गर्नुपर्नेलगायतका नारा लगाएका थिए ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको ‘युद्धविराम’ घर्किंदै गइरहेको छ । मङ्सिर २१ गते बसेको स्थायी कमिटीले अर्को बैठक ७ दिनसम्म स्थगित गरे पनि यसअवधिमा ठोस–मूर्त संवाद हुन सकेको छैन ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सधैँ एउटा कटु टिप्पणी गर्छन्– केपी ओली जति सफेद झुट बोल्ने मानिस पार्टीभित्र दोस्रो छैन । त्यसका लागि नेता नेपाल ओली नेतृत्वको पहिलो सरकार ढल्दाताकाको उदाहरण प्रस्तुत गर्छन् ।